Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

निमाविको गणित विज्ञान र विज्ञानको नतिजा सार्वजनिक

शनिबार, १२ मंसिर २०७२

भक्तपुर - शिक्षक सेवा आयोगले शुरु गरेको निम्न माध्यामिक विद्यालय तहका शिक्षकको नतिजा सार्वजनिक गर्ने क्रममा शनिबार थप दुई विषयको नतिजा सार्वजनिक गरेको छ । शनिबार सुदरपश्चिमको गणित विज्ञान र मध्य पश्चिमको विज्ञानको नतिजा सार्वजनिक भएको आयोगले जनाएको छ ।

नतिजाका लागि क्लिक गर्नुहोस् : http://www.tsc.gov.np/

बिहीबाबाट शुरु निमाविको नतिजा सार्वजनिक गर्ने क्रममा शुक्रबार सुदुरपश्चिमाञ्चल क्षेत्रको अँग्रेजी र नेपालीको नतिजा सार्वजनिक गरेको थियो ।

क्रमै सँग अन्य विषय र क्षेत्रको नतिजा प्रकाशन गर्ने आयोगले जनाएको छ ।

२० गतेबाट शुरु भएको निम्न माध्यामिक विद्यालय तहका शिक्षक छनौटको अन्तर्वार्ता २३ गते सकिएको थियो । अन्तर्वार्तामा छुटेका उम्मेद्वारहरुले अन्तर्वार्ता सकिएको मितिबाट १० दिन सम्म निवेदन दिएमा मौका पाउने प्रावधान अनुसार मंसिर २ गते सम्मको अवधिमा कसैको पनि निवेदन नपरेपछि आयोगले नतिजा प्रकाशनको आन्तपरिक काम शुरु गरेको थियो ।

निमाविका ८ विषयको लागि लिखितमा उत्तीर्ण पाँचै विकास क्षेत्रका २ हजार ६ सय ५७ जना अन्तर्वार्तामा सहभागि हुन योग्य भएका थिए ।

प्रकाशित मिति २०७२ मंसिर १२ गते

प्रतिक्रिया