Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शिक्षक सेवा आयोगको प्रावि र निमाविमा पाठ्यक्रम परिमार्जित 

शनिबार, १२ मंसिर २०७२

काठमाडौ १२ मंसिर / शिक्षक सेवा आयोगको प्रावि र निमावि तहको पहिलो र दोश्रो श्रेणीको पाठ्यक्रम परिमार्जित भएको छ ।   परिमार्जित पाठ्यक्रम शिक्षक सेवा आयोगले शुक्रबार सार्वजनिक गरेको हो । आगामी फागुनमा प्राथमिक तहको आयोगको परिक्षा दिने शिक्षकहरुले नयाँ पाठ्यक्रम पढेर परिक्षा दिनुपर्नेछ । 

पढ्न सजिलो र ठूलो पाठ्यक्रमलाई सारांशगत रुपमा परिमार्जन गरी सार्वजनिक गरेको आयोगको वेबसाइटमा उल्लेख  छ।   “शिक्षकको २५% आन्तरिक प्रतियोगितात्मक बढुवाको लिखित परीक्षाको परिमार्जित पाठ्यव्रmम २०७२” आयोगकको वेबसाइटमा उल्लेख छ ।  

सो पाठ्यक्रम शनिबारबाट लागु हुने पनि आयोगले जनाएको छ। यस्तै निमाविको आन्तरिक बढुवाको परिमार्जित पाठ्यक्रम पनि सार्वजनिक गरिएको छ। 

 

 

 

 

प्रतिक्रिया