Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

बम प्रहार गरी स्कुलमा आगजनी

शनिबार, १२ मंसिर २०७२

काठमाडौँ, १२ मङ्सिर । महोत्तरी जिल्लाको सोनामाई गाविसमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरी एक बोर्डिङ स्कुलमा आगजनी गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोनामाई गाविस–२ मा अवस्थित एसएम ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कुलमा शुक्रबार राती अज्ञात समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । 

आगजनीबाट सो विद्यालयका प्रधानाध्यापक बस्ने कोठाभित्रका दराज, फर्निचर, स्टेसनरीसहित केही महत्वपूर्ण कागजात नष्ट भएको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताए । 

गाउँभन्दा बाहिर जलेश्वर–बर्दिबास सडकखण्डको छेउमा रहेको सो विद्यालयमा मध्यरातमा भएको आगजनीबारे कसैले पनि थाहा नपाएको बताइएको छ। 

आगजनीबाट रु. दुई लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

(रासस) 

 

प्रतिक्रिया