Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

दुई शिक्षासेवीद्वारा अक्षयकोष स्थापना

शनिबार, १२ मंसिर २०७२

काठमाडौँ, १२ मङ्सिर । पाँचथरको लुङ्रुपा–४ मा रहेको युवराज निमाविमा अक्षयकोष स्थापना गरिएको छ ।   शिक्षासेवी तथा विद्यालयका पूर्व अध्यक्ष कुलप्रसाद राईले आफ्नी दिदी स्व लाखमती राईको स्मृतिमा रु एक लाख १५५ को अध्यक्षकोष स्थापना गरेका हुन  ।  

यस्तै विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद ढकालले पनि स्व बुबा खड्गबहादुर ढकालको स्मृतिमा रु २१ हजार ७०० को अक्षयकोष स्थापना गरेका छन् ।

अक्षयकोषबाट सङ्कलन भएको ब्याज विद्यालयको हितमा खर्च गरिने विद्यालयका शिक्षक नन्दलाल रिमालले जानकारी दिएका छन् । -

(रासस)

प्रतिक्रिया