Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

वातावरण शिक्षकलाई तालिम 

शनिबार, १२ मंसिर २०७२

काठमाडौँ, १२ मंसिर । वातावरण शिक्षाप्रति देशभरका शिक्षकहरुलाई संवेदनशिल, उत्सुक र दक्ष बनाउने उद्देश्यले शैक्षिक जनशक्ति विकास केन्द्र  र नेपाल प्रकृति पाठशालाले बृह्त तालिम आयोजना गरेका छन् । 

दुई बर्षे उक्त तालिममा देशैभरका शिक्षक सहभागी हुने र विभिन्न चरणमा तालिम आयोजना गर्ने केन्द्रले जनाएको छ। 

राष्ट्रिय शिक्षक तालिमको पहिलो चरण शैक्षिक तालिम केन्द्र, काठमाडौँमा आयोजना हुदैँछ । तालिममा भक्तपुर, ललितपुर,  नुवाकोट र रसुवाको विज्ञान वा वातावरण शिक्षाका ६७ शिक्षकहरु सहभागी छन् । 

(आजको अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया