Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

शिक्षामन्त्री भन्छन्,- " रेडियो र टेलिभिजनबाट पढाउदै छौँ "

शनिबार, १२ मंसिर २०७२

काठमाडौँ, १२ मंसिर । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले नाकाबन्दी र मधेसी मोर्चाको बन्दले विद्यार्थीलाई पठनपाठनमा समस्या भएको भन्दै सञ्चारका साधनबाट पढाउने तयारी भइरहेको बताएका छन् । 

कान्तिपुर दैनिकसंगको कुराकानीमा शिक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन् । ‘एक शैक्षिक सत्रमा दुई सय २० दिन विद्यालय खोल्नुपर्ने र एक सय ९० दिन पढाई पुरा गर्नुपर्ने सामान्य अवस्थामा मात्र लागु हुने भएपनि त्यो अवस्था छैन्’ उनले भने ‘विद्यार्थीको सिकाई उपलब्धी बढाउन र कोर्स  पुरा गर्न विशेष गरी तराईका आठ जिल्लामा एफ.एम. रेडियोबाट पठनपाठन गराउन लागेका छौँ ।’

यो प्रक्रिया अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए । यसलाई प्रभावकारी बनाउन टेलिभिजनबाट पनि पढाउने तयारी गरिरहेका छौँ ।  ‘हामीलाई नयाँ प्रविधितर्फ अघि बढ्न बाध्य बनाएको छ । शुक्रबार पुरा समय पढाई हुन्छ । छुट्टीका दिन पनि पढाउने व्यवस्था मिलाउछौँ।’ उनले भने । 

तराईमा अहिले बिहानको समयमा पठनपाठन शुरु भएको छ। यो समस्या समाधान गर्न विद्यालय व्यवस्थापन समितीको मात्रै नभई अभिभावकको पनि महत्वपूर्ण भूमिका हुन्छ । काठमाडौँ हास्टेलमा रहेका विद्यार्थीका लागी खाना पकाउन, दाउरा, विद्युत र ब्रिकेटको प्रयोग गर्न सकिन्छ । 

(आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया