Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

नाकाबन्दी र बन्दले अस्तव्यस्त पढाई 

शनिबार, १२ मंसिर २०७२

काठमाडौँ, १२ मंसिर । भारतको २ महिनाभन्दा बढी समयदेखिको नाकाबन्दी र मधेसी मोर्चाको तीन महिना भन्दा लामो समयको आन्दोलन तथा बन्दले विद्यार्थीको पढाई अस्तव्यस्त भएको छ।   विगत लामो समयदेखि पढ्न नपाईरहदा भारतले गरेको नाकाबन्दीले गर्दा इन्धन नपाएपछि घरमा समयमा खान खाएर स्कुल हिडेर जादा कतिपय विद्यार्थीको पढाई समस्याबाट गुज्रिरहेको छ।

बुढानिलकण्ठ विद्यालयमा आवासीय रुपमा पढ्ने एक हजार ३५ विद्यार्थीहरु सबैले भोगेको यही समस्या हो । उनीहरुका लागी खाना पकाउन दैनिक १२ सिलिण्डर ग्यास चाहिन्थ्यो । 

ग्यास नपाएपछि दाउरामा मूकिलले पकाउदै आएपनि अब खाद्यान्नको समेत समस्या थपिएको छ। “विद्यालय हातामै रहेका रुख काटेर काम चलाईरहेका छौँ” प्रधानाध्यापक केशर खनालले भने “अब त खाद्यान्न पनि पाउन गा्रहो भो । तेल, दाल, चिनी सहज रुपमा पाइदैन । आपूर्ति गर्ने ठेकेदारले लिन नसक्ने भन्दै ठेक्का तोड्छु भन्न थालेको छ ।” 

विद्यार्थीलाई निर्वाध पढाउनुपर्ने विद्यालयहरुको व्यवस्थापन अब खाना र इन्धनतिर केन्द्रित हुनुपरेको छ। तराई आन्दोलन र नाकाबन्दीले २० प्रतिशत विद्यालयमा असर परेको शिक्षा मन्त्रालयले जनाएको छ।  

यो तराईका विद्यालय समेत हो । तराई क्षेत्रमा आन्दोलन शुरु भएयता विद्यालय सञ्चालन र पठनपाठनमा प्रत्यक्ष असर परेको छ। 

मध्य र पूर्वी तराईका ८ जिल्ला ओसारपसार, छात्राछात्रा सञ्चालन गर्न कठिनाई भई त्यस्ता शिक्षण संस्थाहरु बन्द भएका शिक्षा मन्त्रालयले जनाएको छ।   ती शिक्षण संस्थााहरुले शिक्षा नियमावली बमोजिम न्युनतम कक्षा सञ्चालन गर्नुपर्ने एक सय ९२ दिन अन्य विदाबाट समायोजन गर्नुपर्ने हुन्छ। 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमतर्फ इन्धन अभावले करिब २५ प्रतिशत विद्यार्थी अध्ययन अध्यापनबाट प्रभावित बनेका छन् ।   यसैगरी तराई आन्दोलनबाट करिब ६ प्रतिशत विद्यार्थी प्रभावित भएको मन्त्रालयले जनाएको छ।  उच्च शिक्षातर्फ ६ लाख ५२ हजार विद्यार्थीमध्ये करिब १३ प्रतिशत प्रभावित भएका छन् । 

परिक्षाको समयतालिका परिवर्तन गर्नुपर्दा शैक्षिक क्यालेण्डरमा ठूलो दबाब पर्न गएको छ । 

(आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले समाचार लेखेका छन्।)

 

 

 

प्रतिक्रिया