Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

बालबालिकाको प्रयोग नगर : मानवअधिकार आयोग 

शनिबार, १२ मंसिर २०७२

काठमाडौँ, १२ मंसिर । राष्ट्रिय मानवअधिकार अयोगले विरोध कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ। 

शिक्षण संस्थाहरुका छाता संगठनहरुले शुक्रबार राजधानीमा गरेको मानव साङ्लोमा बालबालिकाको प्रयोग गरिएको अनुगमनबाट पाइएको आयोगले जनाएको छ। 

‘निर्वाध रुपमा विद्यालय जान पाउने र भयमुक्त वातावरणमा पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकार छ’ आयोगले भनेको छ। ‘कुनै पनि संस्था वा राजनीतिक दलका कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न आयोग आग्रह गर्दछ।’

(आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया