Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

निमावि अँग्रेजी र नेपालीको नतिजा सार्वजनिक (नतिजाको लिंक सहित)

शुक्रबार, ११ मंसिर २०७२

भक्तपुर - शिक्षक सेवा आयोगले बिहीबाबाट शुरु गरेको निम्न माध्यामिक विद्यालयको नतिजा सार्वजनिक गर्ने क्रममा शुक्रबार सुदुरपश्चिमाञ्चल क्षेत्रको अँग्रेजी र नेपालीको नतिजा सार्वजनिक गरेको छ । आयोगले बिहीबार सुदुरपश्चिमाञ्चल क्षेत्रकै गणित, विज्ञान र सामाजिक विषयको नतिजा  नतिजा सार्वजनिक गरेर आयोगले नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको थियो ।

नतिजाका लागि क्लिक गर्नुहोस् : http://tsc.gov.np/

क्रमै सँग अन्य विषय र क्षेत्रको नतिजा प्रकाशन गर्ने आयोगले जनाएको छ ।

२० गतेबाट शुरु भएको निम्न माध्यामिक विद्यालय तहका शिक्षक छनौटको अन्तर्वार्ता २३ गते सकिएको थियो । अन्तर्वार्तामा छुटेका उम्मेद्वारहरुले अन्तर्वार्ता सकिएको मितिबाट १० दिन सम्म निवेदन दिएमा मौका पाउने प्रावधान अनुसार मंसिर २ गते सम्मको अवधिमा कसैको पनि निवेदन नपरेपछि आयोगले नतिजा प्रकाशनको आन्तपरिक काम शुरु गरेको थियो ।

निमाविका ८ विषयको लागि लिखितमा उत्तीर्ण पाँचै विकास क्षेत्रका २ हजार ६ सय ५७ जना अन्तर्वार्तामा सहभागि हुन योग्य भएका थिए ।

प्रकाशित मिति २०७२ मंसिर ११ गते

प्रतिक्रिया