Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

शिक्षक महासंघ अध्यक्षको लागि नयाँ नाम सिफारिस गर्न पत्राचार

बुधबार, २५ चैत्र २०७७

काठमाडौं - नेपाल शिक्षक महासंघले अध्यक्ष पदमा नयाँ नाम सिफारिस गर्न नेपाल राष्ट्रिय शिक्षक संगठनलाई पत्राचार गरेको छ । कुनै पनि तहका समितिमा रहेका सेवा निवृत्त व्यक्ति स्वतः पदमुक्त हुने गरी विशेष राष्ट्रिय परिषदले गरेको निर्णयको हवाला दिदैं महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले पत्राचार गरेका हुन् । 

सेवाबाट निवृत्त भएर पनि बाबुराम थापाले नेतृत्व नछाडेका कारण महासंघमा विवाद उत्पन्न हुँदै आएको थियो । उक्त विवादलाई निरुपण गर्दै गत फागुन २९ गते सम्पन्न महासंघको विशेष राष्ट्रिय परिषद्ले थापाको ईच्छालाई रोक्दै परिषद्ले नयाँ नेतृत्वको बाटो खुला गरेको थियो । 

तर, उक्त विवाद समाधान गर्नका लागि संगठनले आफ्ना तर्फबाट अध्यक्षको नाम सिफारिस गर्नु पर्ने छ । सोही अनुसार नाम सिफारिस गर्न महासचिव सुवेदीले पत्राचार गरेका हुन् ।

हेर्नुहोस् उक्त पत्र :

उक्त विषयसँग सम्बन्धित अन्य खबर पनि पढ्नुहोस् :

शिक्षक महासंघ नेतृत्व विवाद समाधानको सहमती

शिक्षक महासंघमा नयाँ नेतृत्वको बाटो खुल्यो, सेवा निवृत्त व्यक्ति स्वतः पदमुक्त

शिक्षक महासंघमा नयाँ विवाद : निवृत्त व्यक्ति स्वतः पदमुक्त हुने निर्णयको विरुद्धमा संगठन

शिक्षक महासंघ विवादमा वक्तव्यबाजी, परिपत्रलाई काउण्टर !

महासंघका नेताको लाजमर्दो शैली, शिक्षकको वृत्ति विकास ठप्प हुँदा वक्तव्यबाजीमै व्यस्त !

प्रतिक्रिया