Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

भूकम्पपीडित विद्यार्थी भोकभोकै पढ्दै 

शुक्रबार, ११ मंसिर २०७२

काठमाडौँ, ११ मंसिर । गोरखाको दुर्गम गाविस सिर्दीबासका विद्यार्थी अहिले एक छाक खाएका भरमा दिन काट्न बाध्य भएका छन् । 

विद्यालयमा चामल सकिएपछि विद्यार्थीको विजोग भएको हो । आवासीय सुविधा रहेको बुद्ध माविमा पढ्ने २ सय ७ विद्यार्थीका लागी गाउँबाट पैचोँ मागेर चामल जाहो गरेपनि त्यसले एक छाक मात्र खुवाउन पुग्छ । 

उक्त विद्यालयको छात्रावासमा १ सय २० जना विद्यार्थी छन् । वरपरका अन्य ८७ विद्यार्थी पनि बैशाख १२ को भूकम्पयता विद्यालयमै खाना खादँै आएका छन् । 

भुकम्पले पदमार्ग भत्किएर चामल ढुवानी गर्न नसक्दा विद्यार्थी भोकै हुने अवस्था निम्तिएको विद्यालयले जनाएको छ। 

आसपासका भूकम्प पीडितले राहतमा बुझेजति चामल विद्यालयलाई पैचोँ दिएका छन् । विद्यालय व्यस्थापन समिती सदस्यसमेत रहेका स्थानीयरामकुमार गुरुङ पनि अवस्था यस्तै रहेको बताए । 

पैँचो ल्याइएको चामलले एक छाक खुवाउन पुगिरहे पनि केही केही दिनमै त्यो पनि सकिने अवस्था रहेको सहायक प्रअ मुक्ति अधिकारीले जानकारी दिए । 

(आजको नागरिक दैनिकमा नरहरी सापकोटाले समाचार लेखेका छन् ।)

 

प्रतिक्रिया