Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

पढ्न पाउनुपर्ने भन्दै आज चक्रपथ घेरिदैँ  

शुक्रबार, ११ मंसिर २०७२

काठमाडौँ, ११ मंसिर । भारतीय नाकाबन्दीले इन्धन संकट र पठनपाठनमा समस्या भएको बन्दै शैक्षिक सम्बद्ध विभिन्न संघ संगठन र विद्यार्थीहरुले आज राजधानी उपत्यकाको चक्रपथ घेराउ गर्दैछन् । 

नीजि विद्यालयहरुको संगठन प्याब्सन, एनप्याब्सन, हिसान, अपिन, अभिभावक संघ संगठन तथा विद्यार्थी नेताहरुको सयुक्त पहलमा माविदेखि उच्चमावि  र क्याम्पसका विद्यार्थीले १२ बजेदेखि १ बजेसम्म चक्रपथ घेराउ गरी मानवसाङ्लो तयार पार्दैछन् । 

यसका बारेमा आवश्यक तयारी र विषयका बारेमा बिहीबार नै विद्यार्थी संघ संगठन देखि अन्य विभिन्न निकायले पनि आ आफ्नो तयारी गरिसकेका छन् ।  

यसका साथै चक्रपथ संगै राजधानीका मूख्य क्षेत्रमा समेत प्रदर्शन गर्ने उनीहरुको तयारी  छ। राजधानीको मुख्य चोक नयाँ बानेश्वर, कोटेश्वर, लगनखेल, चक्रपथ, बालाजु, चाबहिल क्षेत्रमा पनि प्रदर्शन हुदैछ ।

यसका साथै राजधानीको आजको सवारी साधन आवतजातव पनि प्रभावित हुने सम्भावना रहेको जनाइएको छ। 

(आजको नेपाल समाचारपत्र दैनिकमा इश्वरराज ढकालले समाचार लेखेका छन्।)

प्रतिक्रिया