Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

अस्ट्रियालीको सहयोगले विद्यालय निर्माण

विहीबार, १० मंसिर २०७२

काठमाडौँ, १० मङ्सिर । हिमालय पिस एजुकेसन फाउन्डेसनले पर्वतारोही स्टेफन केक, जोसेफ इनवालर तथा क्रिस्टिना हिरवरसहितको अस्ट्रियाली समूहको सहयोगमा नुवाकोटको ककनी गाविसमा भूकम्पले भत्काएका दुईवटा विद्यालयको अस्थायी भवन निर्माण गरिएका छन् ।  

ककनीको निगाले गाउँमा ब्रह्मेश्वरी निम्न माध्यमिक विद्यालयको पाँचकोठे टिनको भवन करिब रु छ लाखमा निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले जानकारी दिए ।  

ककनीकै दोभान गाउँमा रु दुई लाख खर्चमा सुनकन्या प्राथमिक विद्यालयको पाँचकोठे बाँसको अस्थायी टहरा बनाइएको छ । सो अस्ट्रियाली दाताको समूहले दोभान गाउँमा बच्चाका लागि निकट भविष्यमा किन्डरगार्टेन विद्यालय भवन बनाउने भएको छ । 

स्टेफन केक, जोसेफ इनवालर र क्रिस्टिना हिरवरसहितको अस्ट्रियन समूहले भूकम्पपीडित क्षेत्रका जनताका लागि खाद्यान्न, कपडा, विद्यालय, स्वास्थ्य, सामुदायिक भवन, बाटो निर्माण र उद्धार कार्यमा सहयोग पु¥याउँदै आएको फाउन्डेसनका अध्यक्ष लामाले बताए । 

(रासस) 

 

प्रतिक्रिया