Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

बालीविज्ञान विषयको पठनपाठन सुरु

विहीबार, १० मंसिर २०७२

काठमाडौँ, १० मङ्सिर । म्याग्दीको बिम गाविसमा रहेको किसानी प्राविधिक शिक्षालयमा यस वर्षदेखि बालीविज्ञान विषयको पठनपाठन सुरु भएको छ ।  बालीविज्ञान विषयको तीनवर्षे डिप्लोमा तह (आइएस्सीएजी) अन्तर्गत बाली उत्पादन, बागबानी, बाली संरक्षण, कृषि प्रसार, सामुदायिक विकास, उद्यमशीलतालगायत विषयको पठनपाठन सुरु गरिएको हो । 

पहिलो वर्ष आइएस्सीएजीको अध्ययनका लागि म्याग्दीका साथै जुम्ला, प्युठान, बागलुङ, सिन्धुली, पर्वतका २५ जना विद्यार्थीहरु भर्ना भएका शिक्षालयका प्रमुख बेगप्रसाद गर्बुजाले जानकारी दिए ।  उनका अनुसार द्वितीय श्रेणीसम्ममा प्रवेशिका परीक्षा उतीर्ण गरेका विद्यार्थीलाई भर्ना लिइएको छ । जिल्लामै बालीविज्ञान विषयको पठनपाठन भएपछि म्याग्दीका विद्यार्थीलाई सो विषयमा अध्ययनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । 

विसं २०६८ देखि १५ महिने र २०७१ देखि २९ महिने कृषि जेटिए विषयको पठनपाठन सुरु गरेको शिक्षालयलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) ले यसै शैक्षिक सत्रदेखि आइएस्सीएजी तहको अध्ययापन अनुमति प्रदान गरेको थियो । भौतिक पूर्वाधार तयार गरेर शिक्षालयलाई कृषि क्याम्पसको रुपमा स्तरवृद्धि गर्न प्रक्रिया अघि बढाइएको छ । 

(रासस) 

 

प्रतिक्रिया