Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

एसएलसीको नतिजा असार १६ भित्रै

आइतबार, २४ जेठ २०७२

भक्तपुर २४ जेठ / यस बर्षको एस एल सी परीक्षाको नतिजा निर्धारित समयमै गर्ने गरी काम भईरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा सकिएको तीन महिना भित्र नतिजा प्रकाशन गर्नु पर्ने नीयम छ । चैत १६ गते सकिएको परीक्षाको नतिजा ढिलोमा असार १६ भित्र सार्वजनिक गरिसक्नु पर्ने हुन्छ ।

भूकम्पका कारण परीक्षाफल ढिलो प्रकाशित हुने हल्ला चलिरहेका बेला नियन्त्रक विष्णु बहादुर द्धारेले निर्धारित समयमै परीक्षाफल प्रकाशन हुने बताए । भूकम्पका कारण कपीहरुमा क्षती पुगेकोले परीक्षाफल ढिलो हुने हल्ला चलिरहे पनि त्यस्तो कुनै समस्या नभएको र देशभरबाट कपीहरु कार्यालयमा आई सकेको उनले बताए ।  'अहिले हामी गोप्य शाखामा डाटा ईन्ट्रिको काम गरिरहेका छौं, यो काम सकिएपछि मिसमास खोज्छौं,' उनले भने, 'मुख्य लेजरबाट एक एक गर्दै त्रुटि छ छैन हेरे पछि हामी नतिजा प्रकाशनको कामलाई अन्तिम रुप दिन्छौं ।'

कपी जाँच्न घर घरै लैजानुको साटो निर्धारित स्थानमा मात्रै जाँच्ने ब्यवस्था मिलाउँदा ठूलो संकट टरेको उनले बताए । कार्यालयले केन्द्र सहित देशभर ६४ ठाउँमा कपी परिक्षणको ब्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया