Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

निमावि नतिजा प्रकाशन (नतिजाको लिंक सहित)

विहीबार, १० मंसिर २०७२

भक्तपुर - निम्न माध्यामिक तहका शिक्षकहरुको अन्तर्वार्ताको नतिजा प्रकाशन शुरु भएको छ । सुदुर पश्चिमाञ्चलबाट नतिजा प्रकाशन शुरु गरेको शिक्षक सेवा आयोग श्रोतले जनाएको छ । नतिजा प्रकाशनको पहिलो दिन बिहीबार गणित, विज्ञान र सामाजिक विषयको नतिजा प्रकाशन भएको हो ।
नतिजा हेर्नको लागि क्लिक गर्नुहोस् । http://tsc.gov.np/

पहिलो दिन एक क्षेत्रको ३ विषयको मात्रै नतिजा प्रकाशन भएपनि क्रमै सँग अन्य विषय र क्षेत्रको नतिजा प्रकाशन गर्ने गरी आयोगले काम गरिरहेको श्रोतले जनाएको छ ।

२० गतेबाट शुरु भएको निम्न माध्यामिक विद्यालय तहका शिक्षक छनौटको अन्तर्वार्ता २३ गते सकिएको थियो । अन्तर्वार्तामा छुटेका उम्मेद्वारहरुले अन्तर्वार्ता सकिएको मितिबाट १० दिन सम्म निवेदन दिएमा मौका पाउने प्रावधान अनुसार मंसिर २ गते सम्मको अवधिमा कसैको पनि निवेदन नपरेपछि आयोगले नतिजा प्रकाशनको आन्तपरिक काम शुरु गरेको थियो ।

निमाविका ८ विषयको लागि लिखितमा उत्तीर्ण पाँचै विकास क्षेत्रका २ हजार ६ सय ५७ जना अन्तर्वार्तामा सहभागि हुन योग्य भएका थिए ।

प्रकाशित मिति २०७२ मंसिर १० गते

प्रतिक्रिया