Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

नौ कक्षाको नयाँ पाठ्यपुस्तक छपाईको प्रकृया शुरु, नीजि कम्पनि पनि छानिए

विहीबार, १० मंसिर २०७२

भक्तपुर - आगामी शैक्षिक सत्र देखि परिवर्तन हुने कक्षा नौ नयाँ पाठ्यपुस्तक छपाईको प्रकृया शुरु भएको छ । परिवर्तन गर्नु पर्ने ६ विषय मध्ये ३ विषयको पुस्तक छाप्न पाठ्यक्रम विकास केन्द्रले जनक शिक्षालाई बुझाई सकेको छ । नेपाली, अँग्रेजी र गणितको पुस्तक तयार गरी प्रीण्ट रेडि कपी पीआरसी बुझाईसकेको केन्द्रले जनाएको छ ।

'सामाजिक, स्वास्थ्य, जनसंख्या तथा बातावरण र विज्ञानको शुद्धाशुद्धि हेर्ने काम भईरहेको छ' केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुँगेलले भने, 'शुद्धाशुद्धि हेरी सकेपछि बाँकी ३ विषयको पुस्तक छपाईका लागि चाँडैनै जनकलाई दिन्छौं ।' 

हरेक बर्ष एउटा कक्षाको पाठ्यपुस्तक परिवर्तन हुँदै आए अनुसार यो बर्ष कक्षा नौ को परिवर्तन हुने पालो हो । अर्को बर्ष परिवर्तन हुने कक्षा १० को पाठ्यपुस्तक लेख्नका लागि  लेखकहरुको छनौट प्रकृया शुरु भएको उनले बताए । यसैगरी लेटर ग्रेडिङ् अनुसार सञ्चालन हुने आगामी एसएससी परिक्षालाई लक्षित गरेर तयार कार्यविधि अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए ।

यसैविच विद्यालय तहको पाठ्यपुस्तक छपाई तथा वितरणका लागि केन्द्रले उपत्यका बाहिरका ८ सहित १८ वटा नीजि कम्पनिको छनौट गरेको छ ।

छनौट भएका उपत्यका बाहिरका ८ मध्ये मोरङ्का मात्रै ६ वटा छन् । मोरङ्का सहयात्रा प्रिण्टर्स, पञ्चकन्या प्रिण्टर्स, ग्राफिक अफसेट प्रिण्टर्स, हंसबाहिनी प्रिण्टर्स, महावीर प्रिण्टर्स, कृष्णा प्रिण्टर्स छनौट भएका छन् । उपत्यका बाहिरका बाँकी २ वटामा बाँकेको प्रिण्टर्स पार्टनर प्रिण्टिङ पव्लिसिङ् मेटेरियल्स र कञ्चनपुरको जगदम्बा पब्लिकेसन प्रालि छन् । यसैगरी भक्तपुरको प्रिण्टर्स पार्टनर र ललितपुरको आशुतोष प्रिण्टर्स तथा विद्याधरी प्रिण्टर्स पाठ्यपुस्तक छपाईका लागि छनौटमा परेका छन् ।

काठमाडौं अनामनगरको अक्सफोर्ड पब्लिकेसन र त्रियुगा अफसेट, बल्खुको सुदिपा ट्रेडिङ, पुतलीसडकको मिसन प्रिण्टर्स, मीनभवनको स्वर्गद्धारी अफसेट, शंखमूलको एक्सप्रेस कलर प्रेस र कुलेश्वरको ईम्प्रेसन मेटेरियल्सलाई केन्द्रले छनौट गरेको छ ।

यीनीहरुले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न पाउने छन् । जनक शिक्षाले भने कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तक छाप्न पाउने छ ।  

प्रकाशित मिति २०७२ मंसिर १० गते

प्रतिक्रिया