Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

अन्तर्राष्ट्रिय विद्यार्थी सम्मेलन हुँदै

विहीबार, १० मंसिर २०७२

काठमाडौँ, १० मङ्सिर । तत्कालको अवस्थामा विद्यार्थी र युवालाई परेको समस्यालाई अन्तराष्ट्रियकरण गर्न उद्धेश्यले आउँदो पुस १० देखि काठमाडौँमा अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ ।   नेपाली युवाको मञ्च साउथ एसिया इन्टरनेसनल मोडेल युनाइटेड नेसन्स साइमुनको आयोजनामा हुने सम्मेलनमा विभिन्न देशका १६ देखि २१ वर्षका ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहने छ । 

सम्मेलनबारे बुधबार जानकारी दिन युवा तथा खेलकुद मन्त्रालय र साइमुनले आयोजना गरेको कार्यक्रममा मञ्चका अध्यक्ष श्याम गोयलले सम्मेलनले युवालाई राजनीति र सामाजिकरुपमा उत्तरदायी बनाउन भूमिका खेल्ने बताए ।  

संस्थाका महासचिव शान्तम झाले सम्मेलनमा संयुक्त राष्ट्र सङ्घको सञ्चालन प्रक्रिया, अन्तर्राष्ट्रिय सम्बन्ध तथा युवामा नेतृत्व विकासका सम्बन्धमा छलफल र अनुभव आदान प्रदान हुने जानकारी दिए ।  

मन्त्रालयका प्रतिनिधि गोविन्द पराजुलीले सम्मेलनमा राजनीति, संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका चुनौती र समस्याबारे अवगत गराउँदै संवाद, छलफल, अन्तक्र्रियात्मक सीप र सार्वजनिक भाषणकलाको व्यावहारिक प्रयोगमा जोड दिइने विश्वास व्यक्त गरे ।  

(रासस)

 

प्रतिक्रिया