Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

नाकाबन्दीको विरोधमा विद्यार्थीद्धारा प्रदर्शन 

विहीबार, १० मंसिर २०७२

काठमाडौँ, १० मंसिर । भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै सुनसरीका विद्यार्थीले प्रदर्शन गरेका छन् । नाकाबन्दीले नेपालको शिक्षा क्षेत्रमा ठूलो असर पारेको भन्दै विद्यार्थीहरुले तालाबन्दी तत्काल खोल्न आग्रह गरेका थिए । 

यस्तै उनीहरुले भारतको अघोषित हस्तक्षेपविरुद्ध  नाराबाजीसमेत गरेका थिए । सुनसरीको नीजि तथा सरकारी शैक्षिक संस्थाका विद्यार्थी र शिक्षकहरु सहभागी सो विरोध प्रदर्शनसहितको र्याली इटहरी नगरका विभिन्न भाग पुगेर कोणसभामा परिणत भएको थियो । 

भारतले असल छिमेकीको भूमिका निर्बाह गर्न नसेको भन्दै इटहरीका शिक्षासेवीहरुले आक्रोश पोखेका छन् ।  उनीहरुले नेपालको राजनीतिमा हस्तक्षेप गरी आफ्नो स्वार्थअनुरुप छिमेकी चलाउने भारतको चाहना अमानवीय रहेको शिक्षाकर्मीहरुले बताएका छन् । 

कोणसभालाई हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरे, प्रध्यापक संघका अध्यक्ष केवल फुयाललगायतले सम्बोधन गरेका थिए । 

(आजको राजधानीमा दैनिकमा पवन अधिकारीले समाचार लेखेका छन्।)

प्रतिक्रिया