Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

निमावि तर्फ बाँकी केही विषयको नतिजा सार्वजनिक, नतिजाको लिँक सहित

विहीबार, ३१ भदौ २०७२

भक्तपुर ३१ भदौ / स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको परीक्षा अन्र्तगत निम्न माध्यमिक तर्फ बाँकी केही विषयको नतिजा सार्वजनिक गरेको छ । बिहीबार आयोगले पाँचै विकास क्षेत्रका गणित विज्ञानको नतिजा सार्वजनिक गरेको छ ।

यसैगरी मध्यमाञ्चल बाहेकको गणितको तथा मध्यमाञ्चल र पश्चिमाञ्चलका लागि मात्रै रहेको संस्कृत ब्याकरणको नतिजा पनि सार्वजनिक भएको छ । आयोगले बुधबार विज्ञानबाट नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो ।

बुधबार बाँकी रहेको मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रको विज्ञान विषय मध्ये बिहीबार मध्यमाञ्चलको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।

नतिजाको लागि यहाँ क्लिक गर्नुहोस् ।

यसैविच संस्कृत ब्याकरणको लागि मध्यमाञ्चल र पश्चिमाञ्चलका लागि एक एक पदका लागि गरीएको विज्ञापनमा एउटा पनि उम्मेद्वारी नपरेको आयोगले जनाएको छ ।

बाँकी विषयहरुको नतिजा क्रमैसँग सार्वजनिक गर्दै जाने आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जनाएका छन् ।

गत असार २५ र २६ गते भएको माध्यामिक र निम्न माध्यामिकको स्थायीको नतिजा  मध्ये माविको नतिजा दुई महिना भित्रै सार्वजनिक गरिएको  थियो । माविको नतिजा गत भदौ १६ गते बाट प्रकाशन शुरु भएको थियो ।

प्रतिक्रिया