Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

विद्यालय पूनः निर्माणमा अवरोध 

विहीबार, १० मंसिर २०७२

काठमाडौँ, १० मंसिर ।  भारतको अघोषित नाकाबन्दीले निर्माण सामग्री अभाव र मूल्य आकाशिएपछि भूकम्पका कारण क्षतिग्रस्त भएका झण्डै पाचँ सय विद्यालयको पूनः निर्माण कार्यमा अवरोध सिर्जना भएको छ। 

शिक्षा विभागसंग व्यक्तिगत तथा संस्थागत ५३ समूहले ४ सय ९६ विद्यालयका दुई हजार ७ सय ४५ कक्षाकोठा निर्माण गर्न सम्झौता गरेका छन् । 

अस्थायी टहरामा जेनतेन अध्ययन गरिरहेका विद्यार्थीको दरुह अवस्था देखेपछि अधिकांशले पक्की (स्थायी) र केहीले अस्थायी भवन निर्माण गरिदिन तत्परता देखाउँदै विभागसंग सम्झौता गरेका छन् । 

ती दाताले कुल एक अब ७८ करोड ४३ लाख ८१ हजार रुँपियामा विद्यालय भवन निर्माण गरिदिनेछन् । निर्माण सामग्रीको मुल्यबृद्धिका कारण उनीहरुको बजेट साघ्न पुगेको छ भने चाहँदा चाहँदै पनि पाउन सकेको छैन् ।

दाताले भूकम्प प्रभावित १४ लाख जिल्लाका लागी कम्तीमा एउटादेखि बढीमा १ सय ९६ वटा कक्षाकोठा निर्माण गरिदिने छन् । अस्थायी कक्षाकोठा निर्माण गरिदिनेले आधुनिक प्रविधिका रुपमा रहेको प्रिफ्याबको प्रयोग समेत गर्ने भएका छन् ।

(आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले समाचार लेखेकी छन्।)

 

प्रतिक्रिया