Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शैक्षिक संस्थाका सवारी साधनलाई सातामा दुई दिन ईन्धन

बुधबार, ०९ मंसिर २०७२

काठमाडौं–आयाल निगमले शैक्षिक संस्थाका सवारी साधनलाई सातामा दुई दिन ईन्धन वितरण गर्ने भएको छ । भारतको अघोषित नाकाबन्दीका कारण ईन्धन अभाव हुँदा पठन पाठनमा समेत असर परेको छ । आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार सोमबार र बिहीबार शैक्षिक संस्थाको रातो नम्बर प्लेट भएका सवारी साधनलाई तेल वितरण गर्न लागिएको हो । एउटा सवारीलाई एक पटकमा ३० लिटर तेल उपलब्ध गराईने घिमिरेले बताए ।

शिक्षा मन्त्रालयले शैक्षिक संस्थाका सवारीलाई तेल उपलब्ध गराई दिन आपुर्ति मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्री परिषद्मा समेत ईन्धन उपलब्ध गराउने बिषयमा छलफल भएको थियो । अस्पताल, होटल, दुध, पानीको ट्याङकर, सञ्चार क्षेत्र जस्तै शैक्षिक क्षेत्रलाई पनि पेट्रोल पम्प छुट्याएर वितरण गर्न लागेको घिमिरेले बताए ।

स्रोतका अनुसार शैक्षिक क्षेत्रको सवारी धेरै भएकोले जोर बिजोरको आधारमा सातामा दुई दिन वितरण गर्ने योजना बनाईएको छ ।

ईन्धन अभावले पठन पाठनमा बाधा पुगेको भन्दै निजी विद्यालयको छाता संगठन प्याब्सनले दबाब दिदै आएको थियो । शिक्षा मन्त्रालयका अनुसार ईन्धन अभावले २२ लाख ४८ हजार विद्यार्थीले सहज रुपमा अध्ययन गर्न पाएका छैनन् ।

प्रकाशित मिति २०७२ मंसिर ९ गते

प्रतिक्रिया