Edukhabar
आइतबार, ०६ असोज २०८१
विचार / विमर्श

थेसिस लेख्ने तरिका : पछिल्ला चार भाग

बुधबार, ०९ मंसिर २०७२

- डा. मनप्रसाद वाग्ले / थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् ।  नियमित कक्षा लिएका हुदैंनन्  । कसरी गर्ने भन्ने विद्यार्थीलाई जानकारी नहुँदा बर्षौदेखि अधुरै हुन्छ । विद्यार्थीको समस्या बुझेर शिक्षाविद् डा। मनप्रसाद वाग्लेले फेसबुक मार्फत थेसिस लेख्ने तरिका यसरी उल्लेख गरेका छन्  । यस अघिका सम्पूर्ण भाग सहित यसपटक पछिल्ला चार भाग एकै ठाउँमा :

Lesson 24: Quasi-experimental Designs

गएको पाठमा हामीले pre-experimental design का बारेमा छलफल प्रस्तुत गर्यौं/ आज Experimental design को अर्को प्रकार Quasi-experimental Design का बारेमा केही कुरा गर्नेछौं/ बास्तवमा experimental design ले "कारण र असरका" बारेमा अनुसन्धान गर्छ/

कुनै पनि घटनाको पछाडि कारण हुन्छ र त्यो कारक तत्व यहिनै हो भनेर किटान गर्ने काम experimental research ले गर्छ/ त्यसैले experimental research मा धेरै चलहरुको अर्थात मूल नतिजामा असर पार्ने तत्वहरु (Independent variable) को पहिचान गरी आफूले हेर्न खोजेको कारण भित्र बसेर अनुसन्धान गर्नु पर्ने भएकोले यो सजिलो पक्कै छैन/

अझ अगाडि भन्नु पर्दा तपाइंले हेर्न खोज्नु भएको कारण र त्यसको असरको अध्ययन गर्दा अरु कारणले पनि त त्यसो हुन सक्छ नी? भनेर प्रश्न उठ्यो भने तपाइंको अनुसंधान दोषमुक्त हुँदैन/ यही मूल कुरालाई ध्यानमा राखी experimental research गर्ने अनुसन्धाताले आफ्नो अनुसन्धानमा Randomeness को प्रयोग गरेको हुन्छ र एक भन्दा बढी independent variable लाइ कि त अनुसन्धान भित्रै समाहित गराउँछ कि त त्यसको प्रभाव नदेखिने गरी अनुसन्धान को ढांचा निर्माण गर्छ/

आजको हाम्रो बिषय Quasi-experimental Design ले भने Randomeness को ठूलो कुरो गर्दैन अर्थात् कहीं कतै गरे पनि भएका समूह भित्र मात्र सिमित हुन्छ तर ती समूह अनुसन्धान अगि बराबरी क्षमताका थिए भनेर भन्ने आधार खडा गर्दैन / त्यसैले पनि यसलाई Quasi भित्र रखिएको हो/ सामाजिक बिज्ञानका अनुसन्धानहरुमा संधै Randomeness सम्भव छैन न त एउटा थेसिस लेख्ने विद्यार्थीले लामो समय खर्च गरेर काम गर्न सक्छ/ त्यस्तो अवस्थामा गर्न सकिने र कारण र असरका बारेमा केही भन्न पनि मिल्ने हिसावको अनुसन्धान हो Quasi-experimental Research/

उदाहरणको लागि तपाइंको research question यस्तो थियो "Do grade 12 students using mobiles with internet perform better in language test scores than those who do not?" यसमा तपाइंले कक्षा १२ मा पढ्ने विद्यार्थीहरुको भाषा सिकाईमा मोबाइलको प्रयोगको मात्र असर हेर्न खोज्नु भएको छ/ जसमा तपाइंले दुइवटा समूह छान्नु पर्ने भयो/ एउटा इन्टरनेट सहितको मोबाइल प्रयोगकर्ता र अर्को मोबाइल प्रयोग नगर्ने समूह वा गरेपनि इन्टरनेट को प्रयोग नगर्ने समूह/ अब समूह र त्यसका सदस्यहरु कसरी छनौट गर्ने त?

तपाइंले आफ्नो कक्षाका बिद्यार्थीहरु बीच वा केही विद्यालय मात्र लिएर अध्ययन गर्ने सोच बनाउनु भएको छ भने ती कक्षा १२ मा पढ्ने बिद्यार्थी हरुको दुइ समूह पहिचान गरेर, उनीहरुलाई भाषाको परिक्षण गरेर अनि उनीहरुको नतिजा तुलना गरेर आफ्नो Research Question को उत्तर पाउन सक्नु हुन्छ/ यसो गर्दा तपाईं ले purposive sample प्रयोग गर्नु भयो random sample हैन; अझ random sample गरेर बिद्यार्थी छनौट गर्न त सक्नुहुन्छ तर तपाइंले छनौट गर्नु अगि ती दुइ बिद्यार्थी समूह उस्तै क्षमताका थिए भनेर भन्न चाहिं सक्नु हुन्न/ /

तपाइंको स्कूल छनौट र बिद्यार्थी छनौट प्रक्रिया यहाँ स्पष्ट छैन/ तर पनि तपाइंले एउटा अनुसन्धान गर्नु भयो र त्यसका आधारमा नतिजाको विश्लेषण गरी कारण र असरका बारेमा ब्याख्या गर्नु भयो/ खासगरी सामाजिक बिज्ञान मा यस्ता थुप्रै अनुसन्धान भएका छन् जहाँ अनुसन्धानमा प्रयोग हुने व्यक्तिहरु (subjects) कुनै बैज्ञानिक आधार बिना छनौट गरिन्छन तर अनुसन्धानका अरु सबै प्रक्रिया पूरा गरिएका हुन्छन/ यस्तो अनुसन्धानमा त्रुटी प्रशस्त भएपनि यसलाई शैक्षिक जगतले मान्यता दिएको छ/

यो प्रकारको अनुसन्धानलाई Quasi-experimental अर्थात पूरा रूपको experimental होइन भन्ने अर्थमा बुझ्न सकिन्छ/ अगिकै उदाहरणमा हेरौं जहाँ अनुसन्धानकर्ताले सोझो रुपमा आफ्नो कक्षाका विद्यार्थीबीच यो अनुसन्धान गर्यो; तर भाषा सिकाईमा प्रभावपार्ने इन्टरनेट सहितको मोबाइल बाहेक अरु independent variable control गर्न सकेन वा गर्ने अवसर थिएन/ यस्तो अवस्थामा पनि उसले भाषा सिकाईमा इन्टरनेटको असर अध्ययन गर्यो भने त्यो पूर्ण रूपमा नभएपनि Quasi-experimental research को नमूना मानिन्छ/

Quasi-experimental research का प्रमूख design यस प्रकार छन्

१. Non-equivalent control group pretest-posttest design

2. Time series design

3. Equivalent time samples design

यी भित्र पनि थुप्रै प्रकारका अरु design हुन्छन/ यी design का बारेमा संक्षिप्त रूपमा आगामी पाठहरुमा क्रमस: छलफल हुनेछ/

Lesson 25: Non-equivalent control group pretest-posttest design

O..........X.........O

O..........C.........O

यो डिजाइनमा दुइवटा समूह हुन्छन/ एउटा प्रयोगात्मक समूह र अर्को नियन्त्रित समूह/ यस प्रकारको डिजाइनमा समूह छान्दा करिब करिब उस्तै देखिने खालका दुइवटा समूह छानिन्छन तर ती समूहरु random selection गरिएका हुँदैनन्/ न त कुनै बैज्ञानिक प्रक्रियाबाट उनीहरु समान हुन् भन्ने सुनिश्चितता गरिएको हुन्छ/

त्यसैले यो डिजाइनको नामनै non-equivalent भनिएको हो/ प्रयोगात्मक समूहमा तपाइंले गर्न खोज्नु भएको प्रयोग गरेर नतिजा हेरिन्छ भने नियन्त्रित समूहमा पहिला जे जसो थियो त्यसमा परिवर्तन नगरी त्यसैका आधारमा नतिजा हेर्ने काम हुन्छ/ खासगरी यो डिजाइनमा समूह छनौट भैसकेपछि दुवै समूहमा pre-test लिइन्छ र त्यसको नतिजा रेकर्ड गरिन्छ/ त्यसपछि प्रयोगात्मक समूहलाई अनुसन्धानकर्ताले गर्न चाहेको प्रयोग गरिन्छ/ जस्तो तपाईं आफ्नो पढाउने बिषयमा कुन उपायले कक्षा शिक्षण राम्रो होला भनेर चिन्तित हुनुहुन्छ/

बजारमा अचेल बिभिन्न बिषय पढाउने स्वदेशी तथा बिदेशी भिडिओहरु उपलब्ध छन्/ तपाइंलाई ती सामग्री प्रयोग गर्दा पो विद्यार्थीको सिकाई राम्रो हुन्छ की भनेर प्रयोग गर्न मन लाग्यो/ तर तपाईंसंग आफ्नो जस्तै देशभरका कक्षा प्रतिनिधित्व हुने गरी समूह बनाउन र अनुसन्धान गर्ने हैसियत रहेन/ यस्तो अवस्थामा तपाइंले गर्न सक्ने भनेको आफ्नै कक्षाका बिद्यार्थीहरुलाई दुइ समूहमा बाडेर वा आफ्नो नजिकैको कुनै स्कूलको त्यही कक्षा र तपाइंको कक्षालाइ दुइ समूह मानेर एउटालाई प्रयोगात्मक र अर्कोलाई नियन्त्रित समूह बनाउनु हो/

अनि एउटा समूहलाई तपाईं बजारमा उपलब्ध भिडिओ प्रयोग गरेर पढाउनु हुन्छ भने त्यही बिषय बस्तु अर्को समूहलाई पुरानै शैलीबाट पढाउनु हुन्छ/ त्यसपछि अगि pre-test लिंदा प्रयोग गरिएको प्रश्ननै प्रयोग गरेर उनीहरुको post-test गर्नु हुन्छ (प्रयोगात्मक अनुसन्धानमा pre-test र post-test का प्रश्न फरक हुनु हुँदैन) / त्यसपछि pre-test र post-test को नतिजा हेरेर पहिला उनीहरुको त्यस बिषयमा कस्तो ज्ञान थियो र पछि कति प्रगति भयो भनेर दुइवटा test बाट प्राप्त फरक नतिजा हेरेर छुट्याउनु हुन्छ र तपाइंको प्रयोगले साँच्चै विद्यार्थीको उपलब्धिमा प्रभाव पार्यो वा पारेन भन्ने निष्कर्ष निकाल्नु हुन्छ/

यसमा तपाईं दुवै समूहको नतिजा हेरेर मात्र आफ्नो निर्णय लिनुहुन्छ/ यस्तो अनुसन्धान किन quasi-experimental research भयो त? भन्ने हो भने यसमा experimental research को अरु सबै बिधि पूरा भएको भएता पनि तपाइंले समूह र यसका सदस्य छनौट गर्दा random selection गर्न नसक्नु भएकोले मात्र हो भन्ने तर्क दिनु पर्ने हुन्छ/ यदि randomeness उपयोग गर्न सक्ने हो भने यही डिजाइन true-experimental हुन्छ/

Lesson 26: Time series design

O1....O2....O3....O4....X....O5....O6....O7....O8

यो डिजाइनमा एउटा समूहको लामो समय अर्थात धेरैपटक अवलोकन गरिन्छ/ तपाइंले गर्ने प्रयोग (intervention....X....) भन्दा अगि पनि र पछि पनि बिभिन्न चरणमा तपाइंले छान्नु भएको समूहको अवलोकन गरिन्छ र एउटा trend निकालिन्छ/ अझ अगाडी भन्नु पर्दा तपाइंको समूहको व्यवहार तपाईं ले कुनै प्रयोग गर्नु अगि कुन trend मा विकास हुँदै आएको थियो र तपाईंको intervention पछि त्यसले कुन रुप लियो? भन्ने कुरा मापन गर्न time series design उपयोगी हुन्छ/

यसमा एउटा समूह हुन्छ/ जसको तपाईं ले बिभिन्न interval मा test लिनु हुन्छ वा अवलोकन गरी रेकर्ड राख्नु हुन्छ/ त्यसपछि त्यो समूहको व्यवहारमा परिवर्तन हुन्छ की भनेर तपाईं एउटा intervention गर्नु हुन्छ र फेरी उस्तै अन्तराल (interval) मा अवलोकन वा परिक्षण गर्नु हुन्छ/ अनि intervention अगिको व्यवहारको ढांचा र intervention पछिको व्यवहारको ढाँचालाई एउटा ग्राफमा राख्नु हुन्छ र trend हेर्नु हुन्छ/ उदाहरंको लागि तपाइंको कक्षामा बिद्यार्थी समयमा आउंदैनन/ तपाईंले प्रत्येक सात दिनमा कति बिद्यार्थी समयमा आउँछन भन्ने रेकर्ड एक महिनासम्म राख्नु भयो/ कुनै हप्ता धेरैजना समयमा आए होलान त कुनै हप्ता थोरै/ त्यसपछि तपाइंलाई एउटा जुक्ति निकाल्न सके यिनीहरु समयमा आउँ छन् कि जस्तो लाग्यो/

तपाइंले ४ हप्ता पछि "समयमा आउने विद्यार्थीलाई अर्को हप्ता एउटा कलम दिने" बिचार गर्नुभयो र आउँदो हप्ता त्यसै गर्नुभयो/ त्यसपछिका हप्ताहरुमा कतिजना समयमा आए त्यसको अवलोकन गरेर रेकर्ड राख्नुभयो/ त्यसपछि तपाइंले अपनाउनु भएको प्रयोगको असर कति हप्तासम्म रहँदो रहेछ भनेर फेरी उनीहरुको समयको उपस्थिति प्रत्येक हप्ता रेकर्ड गर्दै जानुभयो भने तपाइंको अनुसन्धान time-series experiment हुन्छ/ अनि कलमको पुरस्कार दिनु अगि उनीहरुको साप्ताहिक उपस्थितिको अवस्था र एकपटक कलम दिईसकेपछि त्यो उत्प्रेरणा ले उनीहरुको उपस्थितिमा आएको परिवर्तन र त्यसको दिगोपन समेत तपाइंले यो डिजाइन बाट थाह पाउन सक्नु हुन्छ/ र बिद्यार्थी नियमित उपस्थितिमा उत्प्रेरणाको प्रभाव आंकलन गर्नु हुन्छ/ यो डिजाइनमा control group थपेर multiple time series design पनि गर्न सकिन्छ/

Lesson 27: Equivalent time samples design

O1..X..O2...O3..X..O4....

यो डिजाइनमा पनि एउटा समूहको लामो समय अर्थात धेरैपटक अवलोकन गरिन्छ/ तपाइंले गर्ने प्रयोग (intervention....X....O......O....X....O) भन्दा अगि पनि र पछि पनि बिभिन्न चरणमा तपाइंले छान्नु भएको समूहको अवलोकन गरिन्छ र एउटा trend निकालिन्छ/ तर time series भन्दा के फरक छ भने यो डिजाइन मा तपाईं आफ्नो intervention कहिले गरेर त कहिले रोकेर विद्यार्थीको व्यवहार कुन अवस्थामा कस्तो हुने रहेछ भनेर आंकलन गर्न सक्नु हुन्छ/

अझ अगाडी भन्नु पर्दा तपाइंको समूहको व्यवहार तपाईं ले कुनै प्रयोग गर्नु अगि कुन trend मा विकास हुँदै आएको थियो र तपाईंको intervention पछि त्यसले कुन रुप लियो? र फेरी बिचमा नदिंदा के असर पर्यो ?भन्ने कुरा मापन गर्न equivalent time sample design उपयोगी हुन्छ/ यसमा एउटा समूह हुन्छ/ जसको तपाईं ले बिभिन्न interval मा test लिनु हुन्छ वा अवलोकन गरी रेकर्ड राख्नु हुन्छ/ त्यसपछि त्यो समूहको व्यवहारमा परिवर्तन हुन्छ की भनेर तपाईं एउटा intervention गर्नु हुन्छ र फेरी उस्तै अन्तराल (interval) मा अवलोकन वा परिक्षण गर्नु हुन्छ/

यो डिजाइन र अगि ब्याख्या गरिएको time series design उस्तै उस्तै हुन्/ फरक यति हो कि यो डिजाइनमा एक पटक भन्दा बढी intervention गरिन्छ/ अझ कहिले intervention गरेर त कहिले नगरेर व्यवहारको परिवर्तन अवलोकन गरिन्छ/ जस्तो अगिकै उदाहरण मा तपाइंले कलम दिंदा भएको प्रगति र नदिंदा त्यसको प्रभाव एक थरी हुन सक्छ भने फेरी बिचमा कलमको प्रयोग गर्दा के फरक हुँदो रहेछ भनेर आफ्नो प्रयोगलाई बिभिन्न चरणमा "कहिले दिने र कहिले रोक्ने गरेर विद्यार्थीको उपस्थितिमा त्यसको प्रभाव अध्ययन गर्नु भयो भने त्यो equivalent time sample design हुन पुग्छ/

अर्को पाठदेखि हामी True experimental design मा प्रवेश गर्नेछौं/

प्रकाशित मिति : २०७२ मंसिर ९ गते

प्रतिक्रिया