Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

विद्यार्थीले पढ्न नपाएको भन्दै युुनिसेफलाई ज्ञापनपत्र

मंगलबार, ०८ मंसिर २०७२

काठमाडौँ, ८ मंसिर । शिक्षासम्बन्धि संस्थाहरुले भारतले लगाएको अघोषित नाकाबन्दी र तराई आन्दोलनका कारण ७१ लाख विद्यार्थीको पढ्न पाउने अधिकार खोसिएको भन्दै अधिकार रक्षार्थ सयुंक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)लाई ज्ञापनपत्र बुझाएका छन् । 

प्याब्सन, एनप्याब्सन र हिसानका प्रतिनिधीले ध्यानाकर्षण पत्र बुझाउदैँ  सो जानकारी गराएका हुन् ।   करिब २ महिनादेखिको भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावले शिक्षा क्षेत्र तहसनहस भएको भन्दै तराई बन्दले विद्यार्थीमा थप सकस भोग्नुपरेको उनीहरुले बताए । 

सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जाहेर गर्दा कुनै पनि वास्ता नगरेको उनीहरुले बताएका थिए ।  उनीहरुले दुई देशबीचको सम्बन्ध बिग्रन नदिन र तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन् । 

(आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया