Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

उच्च शिक्षामा थुप्रै चुनौति : शिक्षामन्त्री 

मंगलबार, ०८ मंसिर २०७२

काठमाडौँ, ८ मंसिर । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले नेपालको उच्च शिक्षामा थुप्रै चुनौतिहरु रहेको बताएका छन् । सोमबार विश्वविद्यालय अनुदान आयोगको २२ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले बन्द र हड्तालका कारण शिक्षा क्षेत्र अप्ठ्यारो स्थितीमा पुगेको बताए । 

समस्या समाधानका लागी सरकार अघि बढ्ने बताउँदै उनले सरोकारवालाहरुसंगको व्यापक छलफलबाट  समस्या समाधानको निष्कर्षमा पुग्न सकिने बताए । उच्च शिक्षा अनुसन्धानमुलक तथा अन्तराष्ट्रियस्तरको हुन नसकेकोमा उनले चिन्ता समेत व्यक्त गरे । 

पोखरेलले नेपालको उच्च शिक्षामा पहुँच तथा गुणस्तरीययता लगायतका समस्या विद्यमान रहेको भन्दै उच्च शिक्षासंग सम्बन्धित धेरै विषयमा खुला बहसको आवश्यकता औल्याएका थिए । 

(आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया