Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

विद्यालय खुले तर पढ्ने वातावरण भएन

मंगलबार, ०८ मंसिर २०७२

काठमाडौँ, ८ मंसिर । लगातार सय दिनदेखि जारी मधेस आन्दोलनका क्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विद्यालय खोल्ने निर्णय गरेपनि भय र त्रासका कारण विद्यार्थीलाई पढ्ने वातावरण भने बनेको छैन् ।   मधेसी मोर्चाका कार्यकर्ताले बिहानैदेखि सडकमा टायर बाल्ने, विरोध प्रदर्शन गर्ने र ठाउँठाउँमा बाटो अवरोध गरेर झडप गर्ने गरेकाले यस्तो अवस्थामा बालबालिका विद्यालय पढाउन भय र त्रास भएको अभिभावक दिलिप ठाकुरले बताएका छन् । 

आन्दोलनकारीले सप्तरीमा भएको घटनापछि सडकमा मोटरसाइकल रोक्ने, जथाभावी गाली गर्ने, झैझगडाँ गर्ने, सवारी जलाउने गरेकाले यस्तो महोलमा बच्चालाई विद्यालय पढाउँदा डर लाग्ने गरेको ठाकुरले बताए ।   कक्षा ४ मा अध्ययनरत मुस्कान शाले विद्यालय छेउबाट निकालिने जुलुस हेर्न सबै विद्यार्थी बाहिर निस्कने गरेको र शिक्षकहरुले पनि राम्ररी नपढाउने गरेको बताए । 

आन्दोलनकारीले विद्यालयको पोशाकमा विद्यार्थी लगिराखेको मोटरसाइकललाई समेत रोकेर तेल निकाल्ने र तोडफोड गर्ने गरेकाले यस्तो अवस्थामा जोखिम मोलेर बालबालिकालाई पढाउन नसकिने अभिभावक शुशिल यादवले बताए । 

(आजको अन्नपूर्णपोष्ट दैनिकमा मनिका झाले समाचार लेखेकी छन्।)

प्रतिक्रिया