Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

भृकुटीमण्डपमा पुस्तक प्रदर्शनी सुरु

सोमबार, ०७ मंसिर २०७२

काठमाडौँ, ७ मङ्सिर । ‘रिड एन्ड ग्रो रिच’ पब्लिकेसनको आयोजनामा सोमबारदेखि भृकुटीमण्डपमा पुस्तक प्रदर्शनी सुरु भएको छ ।  यही मङ्सिर १७ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा करिब एक सय प्रकाशकले सहभागिता जनाएको प्रदर्शनीका संयोजक पुण्यप्रसाद प्रसाईंले जानकारी दिए । 

उनले भने  – “अहिलेको परिस्थितिमा घरमा उदास भएर बस्नुभन्दा पुस्तक पढेर भए पनि मन बहलाउनु उपयुक्त हुने ठानेर नै हामीले यो प्रदर्शनीको आयोजना गरेका हौँ ।”  प्रदर्शनीमा करिब सात हजार शीर्षकका पुस्तक राखिएका छन् । प्रदर्शनी अवधिमा पुस्तक खरिदमा १५ देखि ८० प्रतिशतसम्म छुट पाउने आयोजकले बताएको छ । 

(रासस) 

 

प्रतिक्रिया