Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

स्नातक तेस्रो वर्षको परीक्षा केन्द्र सार्वजनिक (कुन कलेजको केन्द्र कहा ? विवरण सहित )

विहीबार, २८ जेठ २०७२
  • परीक्षण नभएको क्याम्पसमा परीक्षा केन्द्र 

काठमाडौं, २८ जेठ /त्रिभुवन विश्वविद्यालयले स्नातक तेस्रो वर्षको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । 

त्रिविको पूर्व प्रकाशित कार्यक्रम अनुसार आइतबारदेखि तेस्रो वर्षको परीक्षा हुदैछ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले मानविकी, व्यवस्थापन, कानून र शिक्षा शास्त्र संकाय तर्फको तीन बर्षे स्नातक तृतीय बर्षको काठमाडौं उपत्यका भित्रका विद्यार्थीहरुको परीक्षा केन्द्र बिहीबार सार्वजनिक गरेको हो । परीक्षा दिउसो १२ देखि ३ बजेसम्म हुने भएको छ । 

सरकारले भवन परीक्षण गरेको शिक्षण संस्थामा मात्रै पठन पाठनको व्यवस्था मिलाउन भनिएपनि त्रिविले परीक्षण नै नभएको भवनमा समेत केन्द्र तय गरेको छ । राजधानीको त्रिचन्द्र क्याम्पसको साइन्स ब्लक र घण्टाघर तर्फको ब्लकमा क्षति पुगेको छ ।

त्रिविले यही कलेजमा जनमैत्री क्याम्पस, नवोदित कलेज, युनिभर्सल, जेभियर एकाडेमी, सिग्मा कलेजका व्यवस्थापनका सबै विद्यार्थीको केन्द्र तय गरेको छ । त्यस्तै रत्नराज्य लक्ष्मी र महेन्द्ररत्न कलेजका विद्यार्थीको पनि केन्द्र यही तय गरेको छ ।

यस्तै अन्य क्याम्पसको पनि भवन परीक्षण हुन सकेको छैन । ‘निजी विद्यालयको भवन त परीक्षण सकिएको छैन,’काठमाडौं शिक्षा कार्यालयका इन्जिनियिर गिरिधर मिश्रले भने,‘ कलेज त हेर्नै भ्याइएको छैन ।’ शिक्षा मन्त्रालयले कलेजको पनि भवन परीक्षण गर्न शिक्षा कार्यालयलाई जिम्मेवारी दिएको छ । 

भवन परीक्षण गराई पाउ भन्ने निजी कलेजमा समेत परीक्ष केन्द्र तय गरिएको छ । बिगतमा परीक्षा केन्द्र नभएको कलेजमा समेत परीक्षा केन्द्र राखिएको छ । 

 

 

 

 

 

 

प्रतिक्रिया