Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

विद्यालय र विद्यार्थीका नाममा अक्षयकोष !

सोमबार, ०७ मंसिर २०७२

काठमाडौँ, ७ मङ्सिर । सामुदायिक विद्यालय र विद्यार्थीका नाममा म्याग्दीका एक युवकले अक्षयकोष स्थापना गरेका छन् ।  हाल पोर्चुगलमा रहेका म्याग्दी दानाका चित्रबहादुर पुर्जाले दिवङ्गत श्रीमती देउमायाको स्मृतिमा विद्यार्थी र विद्यालयका लागी रु. पाँच लाखको अक्षय कोष स्थापना गरेका हुन् ।   

अक्षयकोषको व्याजबाट गाउँको सामुदायिक विद्यालय, विपन्न विद्यार्थी, स्वास्थ्य र प्राकृतिक प्रकोपबाट प्रभावित भएकालाई सहयोग गरिने कोषका अध्यक्ष बेलबहादुर पुर्जाले जानकारी दिएका छन् ।  यसैबीच, कोषले बैसरीका पहिरोपीडितलाई विद्यार्थीहरुलाई समेत गरी रु ५० हजार सहयोग गरेको छ । 

कोषका अध्यक्ष पुर्जाले बैसरी पहिरोपीडित राहत सहयोग व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर कार्कीलाई सो सहयोग रकम हस्तान्तरण गरेका थिए ।  

(रासस) 

 

प्रतिक्रिया