Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकलाई मुद्धा

सोमबार, ०७ मंसिर २०७२

काठमाडौं - प्राथमिक तहका एक जना शिक्षकले सेवा प्रबेशका निम्ति पेश गरेको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।

धरानको बाँझगरा स्थित बद्रिनाथ निम्न माध्यमिक विद्यालय  का शिक्षक  ईन्द्रदिप पोखरेलको प्रमाणपत्र नक्कली भएको अख्तियारको दावि छ । उनले सुरु नियुत्ती प्रयोजनका लागि बिहार बिद्यालय परिक्षा समिती पटना, भारतबाट सन् १९८३ सालमा माध्यमिक तह उत्तिर्ण गरेको प्रमाणपत्र पेश गरेका थिए ।

उक्त शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुट्टा देखिन आएकोले विशेष अदालत काठमाण्डौंमा सोमबार आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति २०७२ मंसिर ७ गते

प्रतिक्रिया