काठमाडौँ, ७ मङ्सिर । भोजपुर घर भई हाल बेलायतमा बसोबास गर्दै आएका ओमनारायण राईले पाल्पाका पाँच विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । उच्च शिक्षा अध्ययनका लागि पालुङमैनादी गाविसका पाँच विद्यार्थीलाई रु एक लाख २० हजार सहयोग गरेका हुन् ।
राईले प्रभात माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्ने प्रवीण रणपाल, शोभा रणपाल, सागर विक, कमल रसाली र तिर्सना पराजुलीलाई सो सहयोग गरेका हुन् । “सो रकम प्रतिविद्यार्थी मासिक रु एक हजारका दरले पाँच जना विद्यार्थीलाई नै दिइएको छ”–विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवर भने ।
आर्थिक रुपले विपन्न, गरिब, दलित जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको राईले व्यक्त गरे ।
(रासस)
प्रतिक्रिया