Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

उत्तरपूस्तिका छाप्न कागज अभाव 

सोमबार, ०७ मंसिर २०७२

काठमाडौँ, ७ मंसिर । भारतले गरेको नाकाबन्दीले आगामी चैतमा हुने प्रवेशिका परिक्षा (एसएलसी) का उत्तरपूस्तिका छपाइमा कागज अभाव भएको छ।   परिक्षा नियन्त्रण कार्यालयले टेन्डर आह्वान गरेको आइतबार अन्तिम म्यादसम्म करिब आधा दर्जन प्रेसले मात्र आवदेन दिएको जनाएको छ। 

कार्यालयले हरेक बर्ष करिब ६ लाख ५० हजार थान उत्तरपूस्तिका छपाउने गर्छ । नियन्त्रण कार्यालयले नाकाबन्दी अघि नै र्साजनिक खरिद ऐनअनुसार बोलपत्र आह्वान गरेको हो । हरेक बर्ष अन्तिम म्यादसम्म  सुचीमा परेका प्रेसहरुले टेण्डर हाल्ने गर्थे । 

यसपटक भने कागज ढुवानीमा समस्या परेको र पुस मसान्तभित्र उत्तरपूस्तिका छपाई गर्न नसक्ने कारण जनाउँदै आवेदन पेश नगरेको जनाइएको छ ।  “यो हाम्रो मात्रै होइन राष्ट्रकै समस्या हो” परिक्षा नियन्त्रक विष्णुबहादुर द्धारले भने “यसअघि पनि यस्तै अन्तिम घडीमा टेण्डर हाल्थे । यो बर्ष पनि सुुचीमा रहेका प्रेसले टेण्डर हालेका होलान ।” उनले कति छपाई कम्पनीले टेण्डर हालेका छन् भन्नेबारे भने खुलाउन चाहेनन् । 

हरेक चैत्रमा एसएलसी परिक्षा हुने गर्छ । यो बर्ष भूकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दी भएर पठनपाठन कम भएपनि एसएलसी परिक्षा मिति कुनै हालतमा नसर्ने शिक्षामन्त्री गिरिराजमणी पोखरेलले सार्वजनिक  प्रतिबद्धता व्यक्त गरिसकेका छन् । 

(आजको कान्तिपुर दैनिकको पृष्ठ ४ मा प्रकाशित समाचार)

प्रतिक्रिया