Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

संयुक्त विद्यार्थीद्धारा निगम घेराउ 

सोमबार, ०७ मंसिर २०७२

काठमाडौँ, ७ मंसिर । संयुक्त विद्यार्थी संघर्ष समितीले आइतबार नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गरेका छन् ।  पेट्रोलियम पदार्थ आपूर्ति सहज गराउन नसकेको र भ्रष्टाचार तथा बेतिथी मौलाएको भन्दै विद्यार्थी संगठनले आइतबार निगममा पुगेर धर्नासहित कार्यकारी निर्देशक गोपाल बहादुर खड्काको राजीनामा समेत मागेका छन् । 

विद्यार्थी नेताले निगमै सलंग्नतामा कालोबजारी भएको भन्दै नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायत १५ विद्यार्थी संगठनले कार्यकारी निर्देशक खड्काको राजीनामा माग्दै आइतबार आयल निगमको कार्यालय अगाडी धर्ना दिएका हुन् । 

विद्यार्थी संगठनले निगमभित्रको भ्रष्टाचार छानबिन गरी सार्वजनिक गर्नुपर्ने र अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउनुपर्ने माग समेत गरेका छन् ।  त्यस्तै ग्यास विक्रेता महासंघ नेपालले संयुक्त मधेसी मोर्चाका संयोजक महन्थ ठाकुरलाई ज्ञापनपत्र बुझाएको छ । तराईमा आन्दोलनरत मधेसी मोर्चालाई आन्दोलन रोकेर जायज माग छलफलबाट टुंग्याउन माग गर्दै महासंघले ज्ञापनपत्र बुझाएको हो । 

(आजको नेपाल समाचारपत्रको पृष्ठ ६ मा प्रकाशित समाचार)

प्रतिक्रिया