Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

 ‘इ-लर्निङ’ले विद्यार्थीको सिकाइमा परिवर्तन !

आइतबार, ०६ मंसिर २०७२

काठमाडौँ, ६ मङ्सिर । पूर्वी चितवनको खैरहनी नगरपालिकाको कठारस्थित शान्तिबजार क्षेत्रको गाउँका स्थानीय तथा विद्यार्थीको सिकाइमा परिवर्तन ल्याउन इ–लर्निङ सेन्टर स्थापना गरिएको छ ।   शान्ति बजार राष्ट्रिय प्राथमिक विद्यालयमा कम्युटर उपलब्ध गराई उक्त अभियानको थालनी गरिएको हो । 

केदारनाथ फाउन्डेसनको सक्रियतामा उक्त स्कुलमा पाँच कम्प्युटर र एउटा प्रिन्टर उपलब्ध गराई गाउँमा इ–लर्निङ सेन्टरको सुरुआत गरिएको फाउन्डेसनका सदस्य तथा पूर्वविद्यार्थी ऋषि ढुङ्गानाले जानकारी दिए ।  

अमेरिकामा रहनुभएका किशोर ढुङ्गाना र काठमाडौँमा बस्दै आएका ऋषि ढुङ्गानाको पहलमा उक्त अभियान सुरु भएको हो ।   आगामी दिनमा गाउँलाई नै ‘वाइफाइ फ्रि’ समेत बनाउने योजना रहेको सदस्य ऋषिले जानकारी दिए ।  

उनका अनुसार गाउँका १८ स्थानमा कम्प्युटर प्रविधिको विकास गरी १८ वटै ठाउँमा इ–लर्निङ सेन्टर बनाउन सुरु गरिएको हो । 

(रासस) 

 

प्रतिक्रिया