Edukhabar
बुधबार, १२ मंसिर २०८१
खबर/फिचर

निमावि नतिजा प्रकाशनको प्रकृया शुरु

आइतबार, ०६ मंसिर २०७२

भक्तपुर - अन्तर्वार्ताका क्रममा छुटेकाहरुको एउटा पनि निवेदन नपरेपछि शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहका शिक्षकहरुको नतिजा प्रकाशनको प्रकृया शुरु गरेको छ । बाँकी रहेको पूर्वाञ्चलको विवरण आईतबार दिउँसो प्राप्त भएपछि आयोगले नतिजा प्रकाशन प्रकृया शुरु गरेको हो । पूर्वाञ्चलमा पनि अन्य क्षेत्रमा जस्तै कुनै निवेदन नपरेपछि आयोगले प्रकृया शुरु गरेको हो ।

पूर्वाञ्चलको विवरण प्राप्त हुनासाथ बोर्ड बैठक शुरु भएको आयोग श्रोतले जनाएको छ । अव, बोर्ड बैठकबाट पारित हुनासाथ नतिजा प्रकाशन हुन छ ।

२० गतेबाट शुरु भएको निम्न माध्यामिक विद्यालय तहका शिक्षक छनौटको अन्तर्वार्ता २३ गते सकिएको थियो । अन्तर्वार्तामा छुटेका उम्मेद्वारहरुले अन्तर्वार्ता सकिएको मितिबाट १० दिन सम्म निवेदन दिएमा मौका पाउने प्रावधान छ । सोही प्रावधान अनुसार आयोगले मंसिर २ गते सम्म कुरेको थियो ।

काबु बाहिरको परिस्थिती उल्लेख गरेर १० दिन भित्र निवेदन दिएको खण्डमा यस अघि छुटेका उम्मेद्वारले फेरी अन्तर्वार्तामा उपस्थित हुन पाउने प्रावधान छ । निमाविका ८ विषयको लागि लिखितमा उत्तीर्ण पाँचै विकास क्षेत्रका २ हजार ६ सय ५७ जना अन्तर्वार्तामा सहभागि हुन योग्य भएका थिए ।

निमाविको अन्तर्वार्तामा एउटै क्षेत्रमा सय जनाको हाराहारीमा अनुपस्थित भएको फेला परेको थियो । सबै भन्दा धेरै पूर्वाञ्चलमा ९४ जना अनुपस्थित भएका थिए ।

माध्यामिक तर्फ पूर्वाञ्चल र मध्यमाञ्चलमा धेरै अनुपस्थित भएका थिए । निमाविमा भने कतिपय उम्मेद्वार माविमा नाम निकालेका कारण र कतिपय निजामती सेवामा नाम निकालेका कारण अनुपस्थित भएको हुन सक्ने आयोगको अड्कल छ ।

प्रकाशित मिति २०७२ मंसिर ६ गते

प्रतिक्रिया