Edukhabar
बुधबार, १२ मंसिर २०८१
खबर/फिचर

विद्यालय त खुले, तर मोर्चाको सर्तै सर्त

आइतबार, ०६ मंसिर २०७२

Image result for classroom clipart

- मायामितु न्यौपाने / वीरगञ्ज - मधेश आन्दोलन सुरु भएको १०० दिन पछि आईतबारबाट पर्सा, बारा जिल्लाका विद्यालय र कलेजहरू सञ्चालनमा आएका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनको मोर्चाले सर्त सहित विद्यालय सञ्चालन गर्न दिएको हो ।

मोर्चाले विद्यालयको बस प्रयोग गर्न नपाइने, विद्यार्थीले विद्यालय पोशाक लगाउन नपाईने, विद्यालयमा कालो झण्डा राखेर पठनपाठन गराउनुपर्ने निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम विद्यालयहरु सञ्चालनमा आएका हुन् ।

अभिभावकहरुले समेत आ आफ्ना बालबालिकालाई पैदल, मोटरसाइकल तथा साइकलमा चढाएर विद्यालय सम्म पु¥याएका छन् । विद्यालय आउने बालबालिकाहरूले बस प्रयोग गर्न नपाउने भएपछि अभिभावकहरूले नै विद्यालय सम्म ल्याउने र लैजाने कार्य गरिदिन जिल्लास्थित निजी विद्यालयहरूको छाता संगठन प्याब्सनले आग्रह गरेको छ ।

लामो समयदेखि पठनपाठन अवरुद्ध हुदा अन्यौलमा परेका बालबालिकाहरु विद्यालय जान पाएपछि खुशी देखिएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनको विद्यालय सञ्चालन गर्ने निर्णय पछि आज बाट पर्सा र बाराका विद्यालय तथा कलेजहरु सञ्चालनमा आएका हुन् । विहान ६ बजेबाट ११ बजेसम्म पठन पाठन हुने गरी विद्यालयहरु सञ्चालनमा आएको एन प्याव्सनका पूर्व अध्यक्ष नन्दन यादवले बताए ।

जाडो याममा विहानको समयमा पठन पाठन गर्न दिने मोर्चाको निर्णय अब्यवहारिक भन्दै आलोचना हुँदै आएको छ ।

फोटो : ईन्टरनेट

प्रकाशित मिति २०७२ मंसिर ६ गते

 

प्रतिक्रिया