त्यसो त अहिलेको जल्दो बल्दो समस्या भनेको संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसले उत्पन्न प्रतिकूल अवस्थालाई परास्त गर्नु नै हो । ढिलो चाँडो होला तर, यो संकट माथि विज्ञानको विजय सुनिश्चित छ । तर तत्कालमा सिकाइ र पठन पाठन सञ्चालनको विधि परिवर्तन गर्न जरुरी रहेको बहस संसारभर जारी छ । रोग संक्रमणको जोखिम न्यूनीकरण गर्न सावधानी अपनाईए सँगै नेपालमा पनि यो वहस घनिभूत हुँदै गएको छ । शिक्षाको संरचना र सिकाइ पद्धतीमा नयाँ ढंगले सोच्न वाध्य बनाएको छ ।
यो संकट माथि मानव जातीले पक्कै पनि विजय हासिल गर्ने नै छ, त्यस पछि पनि हामीले सिकाइलाई जीवनसँग जोड्नु त पर्ने नै छ । त्यसैले संकटको बेला शुरु भएको बहसमा हामीले प्रायोगिक शिक्षाका विषयलाई पनि संगै अघि बढाउँदा ठिक ठाउँमा पुग्न सकिन्छ ।
आज, विद्यालयदेखि विश्व विद्यालयसम्मका विभिन्न तह र संकायमा अध्ययनरत विद्यार्थी भोलीको समाज निर्माता हुन्, देशका सञ्चालक हुन् । उनीहरुले आर्जन गरेको शिक्षाको आधारमा व्यक्ति एवं व्यक्तित्व निर्माण हुनुका साथै समाज र सिङ्गो देशको जग निर्माण हुने हो ।
विडम्वना, शिक्षाले व्यक्ति, समाज र सिङ्गो मुलुकको आवश्यकतालाई पुरा गर्न सकेको छैन, यो यथार्थलाई स्विकार गर्न जति ढिला हुन्छ, दक्ष मानवस्रोत उत्पादन गर्न उति चुनौती छ । आजका शिक्षित जनशक्ति आपूmले पाएका प्रमाणपत्रहरु घरमा थन्काएर अरुको देशमा काम गर्न गईरहेको अवस्था छ । वौद्धिक पलायन तीव्र छ । देशमा यो अवस्था आउनको पछाडि हाम्रो शिक्षा प्रणाली प्रायोगिक, व्यवहारिक, बैज्ञानिक एवं रोजगारमूलक हुन नसक्नु नै हो ।
हरेक पेसा र व्यवसायसंग जोडिने सक्षम जनशक्ति उत्पादनको माध्यम शिक्षा हो । शिक्षा मानव विकास एवं आर्थिक समृद्धिको आधार हो । ढुङ्गे युगदेखि आजको विज्ञान र प्रविधिको युगसम्मको समाज विकासमा शिक्षाको महत्वपूर्ण भुमिका रहेको छ । शिक्षाले व्यक्तिलाई जागरुक, चेतनशील, व्यवसायिक, आत्मविश्वासी तथा समसामयिक समाजमा अन्तरघुलन हुन योग्य बनाउँछ । यसले व्यक्तिलाई कुनै पनि काम गर्नको लागि आवश्यक ज्ञान र सीप प्रदान गर्नु पर्दछ । देशका नागरिक दक्ष, क्षमतावान र योग्य नभएसम्म विकासले गति लिन सक्दैन । आर्थिक समृद्घिका ढोकाहरु खुल्न सक्दैनन् ।
व्यक्तिको दिमागलाई उत्पादकत्व बढाउने खालको पेशागत सीपमा आधारित ज्ञान र प्रविधि मैत्री व्यवसायिक सीप भएको क्रियात्माक शिक्षा नै प्रायोगिक शिक्षा हो । प्रायोगिक शिक्षा रोजगारमूलक हुन्छ । कुनै पनि नागरिकले आफूले पढेको बिषयमा दक्ष भएर कार्य गर्न सक्नु नै पेशागत दक्षता हो । पेशागत दक्षतामा आधारित शिक्षाले व्यक्तिलाई रोजगारी दिन्छ । रोजगारीले आर्थिक समृद्धि बढाउँछ । आर्थिक समृद्धिले गरिवी र अभावको अन्त्य हुन्छ । यसर्थ व्यक्ति, समाज र सिङ्गो मुलुकको विकासको लागि प्रायोगिक शिक्षा आवश्यक छ ।
त्यसो त शिक्षाको क्षेत्र व्यापक छ । शिक्षालाई विभिन्न विद्वानहरुले आ–आप्mनै तरिकाले व्याख्या गरेको पाइन्छ । तथापि समग्रमा शिक्षा व्यक्ति, समाज, राष्ट्र एवं सिङ्गो विश्व जगतको सर्वाङ्गीण विकासको आधार हो भन्नेमा कोही कसैको दुंईमत छैन । व्यवहारिक शिक्षाले मात्र व्यक्तिको आन्तरिक रुपमा रहेको क्षमतालाई बाहिर ल्याउन मद्धत गर्दछ । समाज र सिङ्गो मुलुकको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । त्यसैले शिक्षा प्रायोगिक अर्थात व्यवहारिक हुन नसकेमा व्यक्ति, समाज र सिङ्गो राष्ट्रको सर्वाङ्गीण विकास संभव हुन सक्दैन ।
अहिले हाम्रो देशको शिक्षा प्रणालीले डिग्री हासिल गर्ने र गराउने ढाँचामा केन्द्रीत छ । विद्यार्थीको योग्यता प्रमाणपत्रले निर्धारण त गरेको छ तर आपूmले अध्ययन गरेको बिषय र क्षमताले उसलाई आर्थिक आयआर्जनको ज्ञान एवं सीप प्रदान गर्न सकेको छैन । शिक्षामा खोज, अनुसन्धान, र नवीन साेंचको सिर्जना हुन सकेको छैन । यसर्थ आजको सिद्धान्त र आदर्शले निर्देशित शिक्षाको संरचनालाई बदलेर प्रायोगिक बनाउन अनिवार्य देखिन्छ ।
हाम्रो देशमा ७० प्रतिशत भन्दा बढि जनसंख्या कृषिमा आधारित छ । तीनै किसान परिवारबाट बालबालिकाहरु समाजका विद्यालय एवं विश्वविद्यालयहरुमा उच्च शिक्षा अध्ययन गर्दछन् । परन्तु शिक्षाले कृषि तथा पशुपालन क्षेत्रलाई वैज्ञानिक, उत्पादनशील र व्यवसायिक बनाउन सकिने बिषयबस्तुलाई समेट्न सकेको छैन । आप्mना घरका गोठभरि गाई, भैंसी, भेडा बाख्राहरु छन् । पशुपालन परम्परागत शैलीमा आधारित छ । किसान परिवारले पशुपालनबाट आर्थिक लाभ लिन सकेको अवस्था छैन । छोराछोरीले झोला भरि बोक्ने किताबहरुमा आधुनिक पशुपालनका बारेमा केही पनि पढ्न पाउँदैनन् । अनि कृषिको आधुनीककिरण, यान्त्रीकीकरण र व्यसायीकरण कसरी संभव हुन सक्छ ?
पशुपालन व्यवसायलाई आधुनीकीकरण गरी उद्योगको रुपमा व्यवसाय गर्न सकिने बिषयबस्तुमा आधारित शिक्षा हुन नसक्दा हाम्रा युवाहरु कोरिया, इजरायल लगायतका देशहरुमा कृषि फार्ममा काम गर्न जान बाध्य छन् । शिक्षामा सुधार गर्नु पर्दछ भन्नेमा कोही कसैको असमती छैन तर समाजलाई कस्तो शिक्षाको आवश्यकता छ भन्नेमा प्रष्ट खाकाको अभाव छ ।
यस सन्दर्भमा शिक्षालाई जीवन उपयोगी बनाउन एकातिर हरेक स्थानीय तहमा कमसे कम एउटा कृषि प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक छ भने अर्कोतिर अनौपचारिक तालिम केन्द्रहरु स्थापना गरी भिन्न उमेर समूहका किसानहरुलाई आधुनिक पशुपालन, पशुंपछी पालन, माछा पालन, रेसम खेति, माहुरी लगायतका क्षेत्रमा तालिमको व्यवस्था गर्न जरुरी छ ।
हाम्रो देशको साधारण शिक्षा प्रणालीमा कृषि शिक्षालाई समावेश गरिएको छैन । बरु पाठ्यक्रम एवं पाठ्यपुस्तकहरुमा अमेरिका र युरोपका देशहरुमा आधुनिक पशुपालन र कृषि प्रणाली छ भनेर पढाइन्छ । नेपालमा फलपूmल, तरकारी, माछा मासु लगायत खाद्य पदार्थहरु विदेशबाट आयात गरिन्छ भन्ने बिषयबस्तुलाई कण्ठ गराएर नेपालले कुन देशबाट खाद्य सामग्री आयात गर्दछ ? भन्ने शैलीका प्रश्नहरुको जवाफ लेखाएर प्रमाणपत्र वितरण गरिन्छ । विद्यालय, महाविद्यालय एवं विश्वविद्यालयको प्रमाणपत्र पाईसक्दा पनि शिक्षाले व्यक्तिलाई कुनै पनि पेशा खोज्न, रोज्न र टिकाउन सक्ने ज्ञान वा सीपमा आत्मविश्वास प्राप्त गर्न सकेको छैन ।
फलतः आप्mना गाउँ घरका खेतवारीहरु बँझाएर युवाहरु विदेशीएका छन् । राज्यसंग देशका युवाहरुलाई कृषि शिक्षा प्रदानगरी गाउँहरुमा आधुनिक पशुपालन र कृषिको बिकासगर्ने कुनै पनि योजना छैन । सरकारले विना पूर्वाधार ठोस कार्य योजना विना नै प्रधानमन्त्री कृषि आधुनिकीकरण शीर्षकमा बजेटमा छुट्याउँछ । यो भन्दा ठूलो ठट्टा के हुन सक्दछ ?
शिक्षाले हरेक शिक्षित व्यक्तिलाई आप्mनो ईच्छा र चाहाना अनुरुपको पेशागत ज्ञान र सीप सिकाउनु पर्दछ । शिक्षित व्यक्तिले सैद्घान्तिक रुपमा पढेका र सिकेका कुराहरुलाई व्यबहारमा उतार्न सक्ने शिक्षा आजको आवश्यकता हो । सिद्घान्त र उपदेशमा मात्र आधारित परम्परावादी शिक्षा समय सापेक्ष हुन सक्दैन । यस किसिमको शिक्षाले समयको मागलाई पुरा गर्न सक्दैन । व्यक्तिलाई उत्पादनशील बनाउन सक्दैन । आर्थिक प्रगति हुन सक्दैन । त्यसैले देशको शिक्षा प्रणालीले अहिलेको बजारमा उपलब्ध आधुनिक प्रविधिलाई आप्mनो पेशागत क्षेत्रमा जोडेर व्यवसायमा आधुनिकीकरण र उत्पादनमा वृद्घि गर्नको लागि प्रायोगिक शिक्षाको खाँचो हुन्छ ।
हाम्रो देशको भूगर्भमा सुन, चाँदी, हिरा, मोति, कोइला, पेट्रोलियम पदार्थ लगायतका खानी एवं खजनाहरु प्रसस्त छन् भनिन्छ, तर वैज्ञानिक शिक्षाको अभावमा यी खनिज पदार्थहरुको पहिचान, खोज, अनुसन्धान, उत्खनन र प्रयोग हुन सकेको छैन । प्राकृतिक स्रोत र साधनको पहिचान, उत्खनन एवं उपयोग गर्न वैज्ञानिक शिक्षाको आवश्यकता हुन्छ । क्रियात्मक शिक्षाको खाँचो हुन्छ । शिक्षालाई अनुसन्धानमुलक बनाउन नसकेसम्म मुलुकमा रहेका प्राकृतिक स्रोत र साधनहरुको उपयोग हुन सक्दैन ।
शिक्षाको लक्ष्य डिग्री हस्तान्तरण गर्नु मात्र हुनु हुँदैन । शिक्षाले मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु पर्दछ । शिक्षाले नागरिकहरुलाई आपूmले अध्ययन गरेको बिषयमा आधारित ज्ञान र सीपमा आत्म विश्वास बढ्नु पर्दछ । हाम्रो देशमा शिक्षालाई व्यवहारिक, गुणात्मक एवं व्यबहारिक पक्ष भन्दा पनि संख्यात्मक पक्षमा जोड दिएको पाइन्छ । शिक्षामा राजनितिक प्रभाव र दवावले काम गरेको आवस्था छ ।
एकातिर शिक्षाको सुधारमा विज्ञहरुको दृष्टिकोणलाई उपेक्षा गर्ने संस्कृतिको अन्त्य भएको छैन भने अर्कातिर कोरोनाका कारण उत्पन्न संकट संगै सिकाइका विषयमा फरक ढंगले सोच्न जरुरी छ । लथालिङ्ग र भताभुङ्ग रहेको प्रायोगिक शिक्षा, व्यक्ति, समाज र देशको आवश्यकता हो भन्ने सन्दर्भलाई पनि यही संकटको बहसमा मिलाएर सँगै अघि लैजान सक्ने हो भने शिक्षामा आमुल परिवर्तन र समृद्ध नेपालको नारा बहसमा मात्र सिमित रहने छैन ।
प्रतिक्रिया