Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

रुकुमका महिलाहरु साक्षर बन्दै 

आइतबार, ०६ मंसिर २०७२

काठमाडौँ, ६ मंसिर । रुकुमका महिलाहरुको शिक्षामा पहुँच बढ्दै गएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय रुकुमले निकालेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । २०६७/७० मा महिलाको साक्षर प्रतिशत ५० थियो । यस बर्ष २० प्रतिशतले बृद्धि भई ७० प्रतिशत पुगेको र जिल्लाका तीन हजार महिलाहरुमध्ये २० प्रतिशत बृद्धि भएको उक्त प्रतिबेदनमा उल्लेख छ । 

जिल्ला शिक्षा कार्यालयले महिला साक्षरता बढाउनका लागी महिला सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ। अहिले जिल्लाका धेरै जसो विद्यालयहरुमा महिला सहभागिता बढ्दै गएको छ। 

(आजको गोरखापत्र दैनिकमा प्रकाशित समाचार) 

 

प्रतिक्रिया