Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

अस्थायी शिक्षकलाई स्थायी गरिदैँ 

आइतबार, ०६ मंसिर २०७२

काठमाडौँ, ६ मंसिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा राजनीतिक आस्थाका आधारमा भर्ना गरिएका शिक्षकहरुलाई आन्तरिक प्रतिष्पर्धाबाट स्थायी बनाउने तयारी गरेको छ ।  त्रिवि सेवा आयोगले उपप्रध्यापकका लागी ७२ प्रतिशत आन्तरिक पदपूर्ति गर्न लागेको हो । खुलातर्फ २८ प्रतिशत मात्र प्रतिष्पर्धा गराउन लागिएको छ । 

आयोगले विभिन्न संकाय अन्तर्गत ६५ विषयका १ हजार ६ सय ८ उपप्रध्यापक पदपूर्तिको आह्वान गरेको छ।   आयोगले जारी गरेको विज्ञापन नम्बर ७ मा खुलातर्फ ४ सय ५८ जना मागेको छ । करारलाई लक्षित गरी विज्ञापन नम्बर ८ बिशेष आन्तरिक खुलातर्फ १ हजार १ सय ५० पद माग गरिएको छ। 

खुला प्रतिष्पर्धी हजारौँ छन् भने आन्तरिकतर्फ करिब २ हजार छन् । त्यसका लागी मंसिर १७ सम्म दरखास्त दिने म्याद तोकिएको छ।  आयोगले विभिन्न समयमा राजनीतिक दलहरुको दबाबमा नियुक्त भएका नातागोता आफन्त लगायत करारमा कार्यरत शिक्षकलाई स्थायी बनाउने तयारी गरेको हो । 

आयोगले अघिल्लो बर्ष पदपूर्तिका लागी विज्ञापन निकालेको थियो । त्यसबाट आफ्ना मान्छे स्थायी नहुने भएपछि कार्यकारी परिषदले उक्त विज्ञापन रद्द गरी गत असार २० को निर्णयमार्फत प्रक्रिया थाल्न निर्देशन दिएको थियो । 

(आजको कान्तिपुर दैनिकको पृष्ठ ३ मा प्रकाशित समाचार)

प्रतिक्रिया