Edukhabar
आइतबार, ०७ पुस २०८१
विचार / विमर्श

बन्दाबन्दीका बेला शिक्षा विचार

शनिबार, ०६ बैशाख २०७७

कोरोना र शिक्षाको कुरा गर्दा मूलतः कोरोनाका बारेमा जानकारी, कोरोनाबाट बच्ने र उपचारका उपायहरु, विपत्का रुपमा कोरोनाको पूर्व तयारी, यो विपत्बाट सिक्ने पाठहरु, र कोरोनाजनित बन्दाबन्दीका समयमा र त्यस पछिको शिक्षाको व्यवस्था पर्न सक्छन् ।  यहाँ खासगरी कोरोनाको प्रभावमा विद्यालयको औपचारिक शिक्षाको सङ्गठन र बन्दाबन्दीका समयमा अध्ययनको विषयका दृष्टिले हेरिएको छ । घरमा थुनिएका कारण केटाकेटीमा हुने तनाव शिथिल कसरी पार्ने जस्ता विषयमा एक हदमा सम्बन्धित विशेषज्ञहरुबाट परामर्श प्राप्त भइ सकेको छ ।

अहिले आमरुपमा कुरा गरिएको विषय भनेको सूचना प्रविधिमा आधारित दूरशिक्षा हो । हुने खाने देशहरुले दूरशिक्षणको केही वर्ष देखि नै शुरु गरिसकेका हुन् । यो अवधिमा उनीहरुले यसलाई सघन र थप कार्यगत बनाए । यो प्रभाव हाम्रा जस्ता देशहरुमा पनि पर्नेछ । नेपालमा यो के कसरी गर्न सकिन्छ भन्ने एक दृष्टिकोण प्रा. डा. विद्यानाथ कोइरालाले प्रस्तुत गर्नु भएको छ । उपलब्ध एप्सहरुका बारेमा नेपाल खुला विश्वविद्यालयका सहजकर्ता देवीराम आचार्यले छोटो सूची दिनु भएको छ । अङ्ग्रेजीकोे उँचनीचताले सताइ रहेको हाम्रो शिक्षा प्रणालीमा यसले एक पटक ठूलो डिजिटल डिभिजन गराउने छ । जे भए पनि अबको युगमा कृत्रिम बुद्धिमत्तामा आधारित बाढीलाई उपयोग गर्ने बाहेक शायद टार्न सकिने विषय होइन । विपत् व्यवस्थापनको दृष्टिले हाम्रो जस्तो देशमा सूचना–प्रविधिमा आधारित शिक्षण सहयोग आवश्यक भइसकेको हो । अब यसमा नगई सुखै छैन । यो एक तह सम्मका परिवारले नै लगानी गरेका साधनबाट पनि गर्न सकिने भएकाले त्यति खर्चिलो त हुँदैन तर नहुनेहरु र हुनेहरु बीच दूरी भने अवश्य बढ्छ र त्यसको बेलैमा सम्बोधन गर्नु आवश्यक छ । यसले ज्ञानको पहुँचमा रहेका बाधाहरुलाई हटाउन पनि सक्छ । संस्थागत भनिने निजी र सामुदायिक भनिने सरकारी स्कुलका बीच कोरोनाको संक्रमण अघि र पछि नै निकै फरक बढिसकेको भने छ ।

यसका विभिन्न रुप र तौर तरिका छन् । हामी धेरै जसो माध्यम र उपकरणबाट बढी निर्देशित हुने गर्छौं । हामी सहजकर्ता र सिकारु अनि शिक्षण विधि केन्द्रित हुनु जरुरी छ । हामी धेरै जसोको विद्युतीय साधनबाट कक्षा प्रसार गर्ने सोचिरहेका देखिन्छाँै । यो पनि एउटा सरल र सस्तो सम्भावना हो । यसैमा पनि दक्ष शिक्षकको जरुरी हुन्छ किन भने एउटा सानो भूल पनि धेरै गुणा बढ्न सक्छ । सामाजिक पढाउँदा नेपाली अशुद्ध लेख्यो भने केटाकेटीले ठूलो सँख्यामा अशुद्ध लेख्छन् । (नेपाल टेलिभिजनमा गणित पढाउने एक शिक्षकको भाषा दखल प्रशंसनीय छ ।) यी विषयलाई बहुपक्षीय दृष्टिले हेर्ने जस्ता कदमहरु आवश्यक छन् । यसमा सम्बन्धित निकाय र विद्वान् वर्ग विशेषगरी शिक्षक वर्गले विचार गर्ने नै छन् । शिक्षक नेता लक्ष्मण शर्मा यस विषयमा पर्याप्त दखल राख्ने र राजनैतिक पहुँच पनि भएका समयमा उनी जस्ता व्यक्ति मार्पmत् शिक्षकको समूहबाट निकै आशा गर्नुपर्छ । मुख्य कुरा हार्डवयर भन्दा सफ्टवयरको हो ।

हामीले शिक्षा र जीवनका बीच दूरी बढेको सन्दर्भमा यसलाई बढी खोजमूलक र अभ्यासात्मक बनाउने अवसरमा पनि उपयोग गर्नु आवश्यक छ । अब विद्यालय भन्दा घरमा आधारित पढाइ सिकाइ हुन सक्छ भने घर र शिक्षा जोड्न सजिलो हुन्छ । पक्कै पनि यो काम शिक्षक विहीन हुँदैन तर शिक्षकको आवश्यकता बहुत कम हुँदै जान्छ । केटाकेटीले घरमा पनि करेसाबारी बनााउन सक्छन् । गाउँ या समाजको काम शिक्षाको भाग बनाउन सक्छन् ।  यस्तो शिक्षाले बढी भन्दा बढी संयुक्त परिवार र अभिभावकको संलग्नताको माग गर्दछ । कमाइ गर्नुपर्ने बाउआमाहरु क्ेटाकेटी रुँघेर बस्न पनि सक्दैनन्, केटाकेटीलाई घरमा छाडेर जान पनि नसक्लान् र तर प्रविधिले गोठाला जाँदा पनि अध्ययनमा संलग्न हुने अवसर पनि दिन सक्छ । बिहान बेलुका रोबोट शिक्षकसँग सिक्न सक्छ ।  

बन्दाबन्दी बढिरहेका बेलामा शहरमा सीमित र उपग्रहमा आधारित टेलिभिजनमा पहुँच भएकाहरुलाई भाइरसको सङ्क्रमणकै बारेमा बनेका सिनेमाहरु देखाउन सकिन्छ । टीभीमा आएन भने पुराना भए पनि ती सिनेमा हेर्न ईण्टरनेटमा हेर्न अभैm पैसा तिर्नुपर्छ । परिवारका युवा सदस्य सूचना प्रविधिका चौपट्ट जानकार छन् भने त्यो हटाइ दिन सक्छन् । एक दुई वटाका हिन्दीमा साराँश पनि उपलब्ध छन् ।
यी यस विषयका असल ५ सिनेमा मानिन्छन् : कन्टाजियन, टुवेल्भ मन्कीज, ट्रेन टु बुसान, चिल्ड्रन अफ मेन, वार्म बडिज, क्वारेन्टाइन । लेखकले सन् ९० को मध्य तिरै हेरेको यस मध्येको एउटा हो टुवेल्भ मन्कीज जसमा भाइरसको प्रकोपले मानिस भूमिगत छन् र त्यसको पत्ता लगाउन वैज्ञानिकहरु सिनेमाको नायकलाई भूतकालमा पठाउँछन् । त्यो भाइरस पृथ्वीमा मानिसले गरेको ज्यादतीका विरुद्ध संघर्षरत टुवेल्भ मन्कीज भन्ने भूमिगत समूहले छाडेको हुन्छ । बन्दाबन्दीका समयमा थुप्रै उपयोगी मान्यताप्राप्त कोर्सहरु पनि छन् । लकडाउन त्यस्ता सिकाइको अवसर पनि हुन सक्छ ।

हाम्रो जनसाधारणलाई अभैm पनि यो सन्त्रासको कारण थाहा छैन । त्यसैले पनि त्यसका बचाउका लागि भनिएको नियम पालन गर्न गाह्रो भएको हो । कति अवस्थामा केही धार्मिक विचारहरु पनि जिम्मेवार होलान् तर उनले सङ्कट र आफ्ना गतिविधिको सम्बन्ध देखेका छैनन् । भारत, नेपाल जस्ता देशलाई बन्दाबन्दी गर्ने आँट पहिला यूरोपमा गरिएकाले (यूरोपमा पहिले चीनमा गरिएकाले) सजिलो भएको हो । पढेलेखेका भन्नेहरु, नेताहरुको पनि भाइरस र त्यसको पुनरुत्पादन प्रकृयाका बारेमा जानकारी निकै कम छ झण्डै अदृश्य भूतप्रेत लागेर विरामी भइन्छ भन्ने जस्तै अदृश्यजीवले विरामी बनाएको भन्ने । पाठकहरु एक पटक आत्मपरीक्षण गर्नु होस् । सावधानी नराखे कालका मुखमा पर्छु भन्ने साँच्चिकै लागे, नाथे २–४ दिनका आवश्यक सामग्री विपन्नलाई बाँड्दा १० जना फोटो खिचाउन अवश्य नारिएर उभिने थिएनन् ।

बन्दाबन्दीका समयमा पैसाको लेनदेन गर्न सूचना प्रविधिमा ध्यान नदिने वा पहुँच नहुनेहरुलाई निकै अप्ठ्यारो प¥यो । धेरैले गरिसक्नु पनि भयो होला आफ्ना युवा परिवारका सदस्यहबाट सूचना प्रविधि सिक्ने यो ठूलो अवसर हो । सिकिसकेकाहरुले यसमा आफ्नो स्तर उठाउँ । यसलाई मनोरञ्जनको साधनसँगै नयाँ ज्ञान र विषयको जानकारी लिने अवसर बनाऔं । एउटा विषय भाइरसकै बारेमा जानकारी बढाउने पनि हो । पर्याप्त निःशुल्क सामग्री उपलब्ध छन् । युरोपमा प्लेगको महामारी हुँदा के भएछ नाटकीकृत वृत्तचित्रहरु देखि कोरोनाकै जानकारी प्रशस्त छन् । भनिन्छ कुनै डर लाग्दो विषयको बारेमा जानकारी बढ्यो भने त्यसको अफवाही डर घट्छ । लेखकले यसका बारेमा अध्ययन गरेका केही उपलब्ध अनलाइन सामग्रीहरु यस लेखको पुछारमा छन् ।

विपतको पूर्व तयारीका दृष्टिले विद्यालयमा एक महामारीका रुपमा यो विद्यार्थी खासगरी शिक्षक बीच परिचित गराउनु आवश्यक छ ।  शिक्षकले स्वास्थ्य र सुरक्षाकर्मीको भूमिका निभाउन तयार रहनु पर्छ । अहिले विद्यालय बन्द भएका बेलामा शिक्षक मित्रहरु खालि नै हुुनुहुन्छ वहाँहरु फोन मार्फत आफ्ना विद्यार्थी मार्फत घरघर पुग्न सक्नुहुन्छ । वहाँहरुको सम्पर्क, व्यावसायिकताको उपयोग भएको छैन । वहाँका प्रतिनिधि उच्च स्तरीय समितिमा रहनु पर्छ । विद्यालय व्यवस्थापन समितिको त कुरा उठेकै छैन । शिक्षक र विव्यसको समन्वयमा धेरै विपत् उद्धारका काम हुन सक्छन् ।   

विपतमा अर्को महत्वपूर्ण कुरा चाहिँ खाद्यान्नको उपलब्धता हो । दीर्घकालका लागि विचार गर्दा खाद्यान्न स्थानीय तहमा उत्पादन भएर उपलब्ध गर्ने जति धेरै किसिमका विपत् सामना गर्ने शायद अर्को उपाय छैन । यस दृष्टिले सर्वप्रथम खेतीलाई पनि आपत्को सदाबहार पूर्व तयारीका रुपमा हेरिनु पर्छ । बढ्दो वातावरणीय विनाश र जलवायु परिवर्तनले ल्याउने अनिश्चितताका दृष्टिले पनि यसो गर्नु अनिवार्य त भइसकेकोे हो । तात्कालिक आवश्यकताका दृष्टिले हाम्रो जस्तो विविध जलवायु भएको देशमा सम्भाव्य ठाउँहरुमा बाँस व्यापक रुपमा रोप्नु पनि आवश्यक छ  ता कि क्वारेन्टाइन गनुपर्ने जस्ता अस्थायी संरचानाहरु तत्काल जहाँ पनि बनाउन सकियोस् । केटाकेटीहरुलाई प्रौढ भए पछि परेका बेलामा गाँसबासको व्यवस्था गर्नसक्ने सीप, मानसिकता र शारीरिक तन्दुरुस्तीका लागि तयार राख्नु महत्वपूर्ण छ ।  यसका लागि विद्यालयमा करेसाबारी र बगैंचाको स्थापना र स्याहार सम्भार जरुरी छ । आखिरी अवस्थामा सूचना प्रविधि वा अङ्ग्रेजीका ज्ञानले मानिसलाई बचाउन सक्दैनन् ।

हामी शिक्षाबाट सिकाइमा उक्लिनु पर्ने छ । अहिलेका विषय तरीका आदि भविष्यमा असान्दर्भिक हुने कुरा धेरै क्षेत्रबाट आइरहेको छ । प्रसिद्ध वक्ता सर केन रविन्सन आउँदा समयमा सिर्जनशीलता शिक्षाको चुरो हुने कुरा गर्छन् भने इतिहासका चर्चित प्राध्यापक लेखक नोभाल हरारी अहिलेका विषय असान्दर्भिक हुने कुरा गरिरहेछन् (उनको विचार शिक्षक पत्रिकाको गत फागुन अङ्कमा पनि समावेश छ)। पक्कै पनि जीवनका सीप असान्दर्भिक हुदैनन् र खेतपिातीले मानिस र प्रकृतिको सम्वेदनशील सन्तुलन एकीकृत रुपमा अभिव्यक्त गर्दछ ।*

यो महाव्याधिका समयमा शिक्षाको प्रयोजन दलाई लामाका तलका वाक्यले अझ सान्दर्भिक बनाउँछन्ः  

"अहिले हाम्रो पृथ्वीलाई सफल मानिसहरुको थप जरुरत छैन । यो ग्रहलाई अहिले व्यग्रताकासाथ शान्तिकारकहरु, उपचारकर्ताहरु, पुनस्र्थापकहरु, कथा वाचकहरु र विभिन्न किसिमका पे्रमीहरु चाहिएको छ ।"

भट्टराई शिक्षा नीति तथा अभ्यास केन्द्रसँग सम्बन्धित छन् ।

Some References on Corona

Documentaries:

Coronavirus: New Facts about Infection Mechanisms - NHK Documentary

Special Report: Coronavirus - Into The Red Zone

End Of Coronavirus, According, To Astrology, From, The World, Vivek Mudghal

Factual Information:

Guiding principles on the COVID-19 pandemic

Corona Equinet Africa Info Sheets

Viruses: Structure, Function, and Uses

Corona and Education:

Continuing Education in low resource environments

Movies:

12 Monkeys

Probably the best Five Movies about Viruses

Astrological View Points:

When will it End?

Cosmic connection between Jupiter-Pluto

Weaker Immunity Zodiacs

Other Pandemics:

Documentary: The Plague

* प्रथम पटक प्रशाशित सामग्रीमा छुट केही सन्दर्भ पछि थप गरिएको - सं.

प्रतिक्रिया