Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

पढाई पुरा गर्दै माओवादी पूर्वलडाकु

आइतबार, ०६ मंसिर २०७२

काठमाडौँ, ६ मंसिर । माओवादी युद्धमा सहभागी भएपछि पढाई अधुरो छोडेका सुर्खेतका पूर्वलडाकु यतिबेला धमाधम पढ्न थालेका छन् ।  यसअघि पार्टीले बुर्जुवा शिक्षा भन्दै जनवादी शिक्षा प्राप्तिका लागी युद्धमा होमिन आग्रह गरेपछि बीचमै पढाई छाडेका पूर्वलडाकु मात्र होइन यतिबेला माओवादी कार्यकर्तासमेत विद्यालय र क्याम्पस तहको पढाई पुरा गर्न लागी परेका छन् ।

शान्ति प्रक्रियामा सहभागी भएपछि माओवादीका कतिपय जिल्ला नेताहरु पनि युद्धका क्रममा बीचमै रोकिएको आफ्नो पढाई पुरा गर्न कस्सिएका हुन् ।  सुर्खेत घुमखहरेकी २४ बर्षीया शान्ति थापाले यसैबर्ष मात्र एसएलसी उतीर्ण गरिन् ।  कक्षा ८ मा पढ्दै गर्दा माओवादी युद्धमा लागेपछि रोकिएको उनको पढाईले पूनः निरन्तरता पाउन थालेको छ । 

उनी यसअघि सेना समायोजनका  क्रममा उमेर नपुगेको भन्दै अयोग्य समेत घोषित भएकी थिइन् । 

यस्तै गुमी निबासी हरिमाया पुलामीको पनि युद्धमा लागेपछि पढाई रोकिएको थियो । तर उनी पनि हिजोआज अधुरो रहेको पढाई पुरा गर्न कम्मर कसेर लागेकी छन् । पुरानो सत्तालाई ध्वस्त पार्ने र सेनामा जागिर पाउने आशले नेै उनी माओवादी सेनामा भर्ति भएकी थिइन् । तर अयोग्य घोषित भएपछि उनी अहिले पढाई पुरा गर्नतिर लागेकी हुन् ।  

(आजको अन्नपूर्णपोष्ट दैनिकको पृष्ठ ४ मा ललितबहादुर बुढाले समाचार लेखेका छन्।)

 

प्रतिक्रिया