Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

शनिबार विद्यालय खोल्दैमा कोर्स सकिन्छ ? 

आइतबार, ०६ मंसिर २०७२

काठमाडौँ, ६ मंसिर । अर्धबार्षिक परिक्षाको लागी आवश्यक कोर्स पुरा गराउन शनिबार पनि विद्यालय सञ्चालन गरिएको छ।  जसरी पनि कोर्स सकाएर अर्धबार्षिक परिक्षा लिन शनिबार विद्यालय सञ्चालनमा ल्याइएको हो । 

मधेसी मोर्चाको लगातार १ सय दिनको बन्दले पढाई प्रभावित भएकाले चालु शैक्षिक सत्रको बाँकी महिनामा कोर्स नसकिने हुदा शनिबार पनि विद्यालय सञ्चालन गरिको युनिभर्सल एकेडेमीका प्रिन्सिपल महेश चौधरीले बताए ।

बिहान साढे ६ देखि साढे ९ बजेसम्म कक्षा सञ्चालनमा ल्याएको भन्दै उनले दैनिक ३ घण्टाको शिक्षणले पाठ्यपूस्तक गहिरिएर शिक्षण गर्न नसकिने बताए । 

मोर्चाका लगातार बन्दले विद्यालय बन्द रहँदा सञ्चालन गर्न आन्दोलनरत मोर्चासंगै २/३ पटक छलफल गरेको जानकारी दिदै शिक्षक संघका अध्यक्ष परशुराम यादवले यसअघिसम्म मोर्चाले विद्यालय सञ्चालन गराउनेतर्फ कुनै संकोच नदिइएका कारण  बन्द राख्न बाध्य भएको बताए । 

 

(आजको गोरखापत्र दैनिकको पृष्ठ ८ मा प्रकाशित समाचार)

प्रतिक्रिया