Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विदेशमा शिक्षा

कन्सल्टेन्सीका कार्यक्रममा पनि रोक

विहीबार, ०६ चैत्र २०७६

काठमाडौं - विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिदैं आएका शैक्षिक परामर्श दातृ संस्थाहरु (कन्सल्टेन्सी) बाट सञ्चालित कार्यक्रमहरु माथि पनि सरकारले रोक लगाएको छ । कोरोना भाईरस कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिदैं उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको सक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उक्त निर्णय गरेको हो । 

'सरकारी सामुदायिक तथा निजी क्षेत्रका तालिम केन्द्र तथा प्रतिष्ठानहरु एवं निजी क्षेत्रका शैक्षिक परामर्श केन्द्हरुबाट सञ्चालित कार्यक्रमहरु २०७६ चैत मसान्त सम्मका लागि बन्द गर्ने' उक्त निर्णयमा भनिएको छ, 'अन्र्तराष्ट्रिय तथा राष्ट्रिय गैह्र सरकारी संस्थाहरुबाट सञ्चालन हुने सबै प्रकारका तालिम, सेमिनार गोष्ठि सभा सम्मेलन जस्ता कार्यक्रमहरु २०७६ चैत मसान्त सम्मका लागि बन्द गर्ने ।'

यस अघि सरकारले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई आवश्यक नो अब्जेक्सन लेटर (एनओसी) मा रोक लगाएको थियो । अन्य प्रयोजनका लागि रोके पनि भारतमा एमविविएस र एम डी को प्रवेश परीक्षा दिन फारम भर्ने प्रयोजनका लागि विद्यार्थीले एनओसी पाउने पनि सरकारले निर्णय गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरे पछि गत फागुन २९ गते बसेको समितिको बैठकले एनओसी जारी गर्ने सम्पूर्ण कार्य डेढ महिनाका लागि रोक्ने निर्णय गरेको थियो । विश्वव्यापी रुपमा फैलिएको भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक एनओसी दिने बारेमा शिक्षा मन्त्रालयले संगठनले अद्यावधिक गर्ने पछिल्लो प्रतिवेदनका आधारमा निर्णयमा फेरबदल गर्दै जाने जनाएको छ । 

बुधबार बसेको पहिलो बैठकले एसईई परीक्षा यथावत राखेर अन्य शैक्षिक गतिविधमा रोक लगाउने निर्णय मात्रै गरे पनि सत्ताधारी दलका शिर्ष नेताहरुले सबै खाले परीक्षा रोक्न सुझाव दिए पछि समितिको दोश्रो बैठकले एसईई लगायतका सबै परीक्षा रोक्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया