Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

सिराहामा शिक्षामन्त्रीको शैक्षिक भेला 

आइतबार, ०६ मंसिर २०७२

काठमाडौँ, ६ मंसिर । नेपाल सरकार शिक्षा मन्त्रालयको आयोजनामा शनिबार मध्य तराईका ८ वटा जिल्लाका शैक्षिक सरोकारवालाहरुको भेला सम्पन्न भएको छ।  महोत्तरीको गौरीबासस्थित जनता मावि परिसरमा भएको कार्यक्रम शिक्षा विभागका महानिर्देशक डा. डिल्लीराम रिजालको अध्यक्षतामा एवं शिक्षामन्त्री  गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा रहेको थियो । 

जारी मधेस आन्दोलनका क्रममा शैक्षिक क्ष्ोत्र ठप्प भएपछि शिक्षा क्षेत्र सुचारु गराउने विषयमा सरोकारवालाहरुसंग आवश्यक सल्लाह सुझाव संकलनका लागी कार्यक्रम राखिएको शिक्षा मन्त्री पोखरेलले जानकारी दिए ।  शिक्षा क्षेत्रको सुधारका लागी मन्त्रालयले विशेष तयारी गरिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले विकृति एवं विसङ्गति हटाउनका लागी आफु लागि पर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्मका ८ वटै जिल्लाबाट जिल्ला शिक्षा अधिकारी, विभिन्न शिक्षक ब्यानरका प्रतिनिधि, पत्रकार, कर्मचारी, विद्यालय व्यवस्थापन समितीका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीले शिक्षा क्षेत्रमा जारी विकृति, बेथिती आदी समेत उजागर गरेका थिए । यसअघि मन्त्री पोखरेलले राजधानी काठमाडौँमा समेत सार्वजनिक सुनुवाई गरेका थिए ।

 

(आजको गोरखापत्र दैनिकको पृष्ठ ८ मा प्रकाशित समाचार)

प्रतिक्रिया