१.शिक्षाको सबै भन्दा ठूलो समस्या र चुनौती भनेको शिक्षा प्रणालीलाई मुलुकको शिक्षा प्रति कसरी जवाफदेही बनाउने र शिक्षकहरुलाई बालबालिकाको सिकाई प्रति !
यसबारे मन्त्रीजी को प्रतिवद्धता आवश्यक छ !
२.दलहरुका कतै नबिक्ने कार्यकर्तालाई भर्ती गर्ने र लेवी उठाउने पसलको रुपमा विकास गरिएका विद्यालयहरूमा योग्य, सक्षम र स्वयम् अभिप्रेरित शिक्षकहरु कसरी प्रवेश गराउने ?
३. योग्य र विद्यार्थीहरुको सिकाई प्रति प्रतिवद्ध शिक्षकहरूको तयारी, छनौट, नियुक्ति,र अभिप्रेरणा व्यवस्थापन कसरी गर्ने ?
४. कक्षालाई कसरी प्रभावकारी बनाउने ?
यी प्रश्न बारे मन्त्रीजीको प्रतिवद्धता के हो ?
एउटा सुझाव आयोग बनाउने, महिनौ र वर्षौं लगाएर कुन जुगमा कुन मन्त्रीको पालामा प्रतिवेदन दिने , अनि प्रतिवेदन आए पछि कार्यान्वयन गर्न के गर्नु पर्दछ भनेर अर्को कार्यदल बनाउने, अनि त्यो कार्यदलको प्रतिवेद लाई अध्ययन गरेर कार्यान्वयन गर्न मन्त्रालयको एउटा समिति . . . अनि यस्तै यस्तै . . . भो मन्त्री ज्यु !
समस्या प्रष्ट छ, समाधान प्रष्ट छ !
मूल समस्या शिक्षामा दलहरुका स्वार्थ हो !
शिक्षकको रुपमा भर्ना गरिने कार्यकर्ता शिक्षक हुन् ! र
माथि उठाइएका सवालहरू हुन् !
नेपालको शिक्षाको स्तरलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने भन्ने सुनियो I
शिक्षक र प्राध्यापकलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने बारे सोच्नु होस् पाठ्यक्रम आफैं अन्तर्राष्ट्रिय स्तरको बन्दै जान्छ !
समस्या पाठ्यक्रम होइन !
दैनिक कक्षा अध्यापनको आफैं पाठ्यक्रम बनाउन सक्ने शिक्षक/प्राध्यापक तयार गर्ने बारे सोच्नुहोस , कार्यक्रम बनाउनु होस् !
तर सबै भन्दा पहिला ,
पुष्पकमल दाहाल, खड्ग प्रसाद ओली र सुशील कोइरालासँग कुरा गर्नोस !
दलहरुका झण्डा बोकेर पेशागत संगठनको नाउमा दलहरुको राजनीति गर्ने संगठनहरूसँग दलहरुको सम्वन्ध तोड्न लगाउनुहोस I
स्वतन्त्र रुपमा शिक्षकहरुले मत दिएर गठन गरेको शिक्षकहरुको साझा संगठन बाहेक अरुलाई म चिन्दिन भनेर भन्न सक्ने शिक्षामन्त्री भएर जुन दिन शिक्षा मन्त्रालयमा प्रवेश गर्न सक्नु हुन्छ , त्यहाँ बाट शिक्षा सुध्रिन शुरु हुन्छ !
अरु बाह्र सत्तरी कुरा गरेर केही काम छैन !
प्रतिक्रिया