Edukhabar
बुधबार, १२ मंसिर २०८१
खबर/फिचर

शिक्षा मन्त्रालयले तयार पारेको ऐनको मस्यौदा प्रति आपत्ति, बेलैमा सच्याउन माग

सोमबार, २६ फागुन २०७६

कञ्चनपुर - शिक्षा मन्त्रालयले तयार पारेको उच्च शिक्षा ऐनको मस्यौदा प्रति आपत्ति जनाउँदै  सुदुरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघले बेलैमा सच्याउन माग गरेको छ । मन्त्रालयले तयार गरेको ऐनको मस्यौदामा उल्लेख सुदुर र मध्य पश्चिम विश्विद्यालयलाई प्रादेशिक विश्वविद्यालयमा रुपान्तरण गर्ने व्यवस्था प्रति संघले आपत्ति जनाएको हो ।

संघका अध्यक्ष वीर बहादुर सिंह ठकुरी, उपसभापति डा. दीपकराज जोशी र महासचिव भक्तराज भट्टले विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको दायरा उसको दक्षता र क्षमतामा निर्भर गर्ने उल्लेख गरेका छन् । विश्वविद्यालय स्थापना गर्दा गर्नु परेको संघर्ष स्मरण गराउँदै विज्ञप्तिमा यदि उक्त प्रावधान नसच्याएमा आन्दोलन गर्ने चेतावनी पनि दिईएको छ ।

'यी प्रदेशको सबै जिल्लाहरुमा विश्वविद्यालयको विस्तार गर्नका लागि सामुहिक रुपले ६ बर्ष सम्म सिंहदरवारमा संघर्ष गरेर उर्जाशील समय नष्ट भएको छ तर पनि हामीहरुले चाहे अनुसारको पुर्ण समायोजन अझै प्राप्त हुन दिएको छैन' विज्ञप्तिमा भनिएको छ, 'संस्थागत उपलब्धिमा पनि विभिन्न वहाना सृजनागरेर समस्यामा परिणत गरेको यथार्थता सबैका सामु प्रष्ट छँदैछ ।'

कर्णाली र सुदुर पश्चिम प्रदेशका हिमाली पहाडी तथा तराईका जिल्लामा व्याप्त अभाव स्मरण गराउँदै विज्ञप्तिमा आवश्यक भौतिक पूर्वाधार सहितको विकासका कार्यमा गति दिन नसकेको पनि स्मरण गराईएको छ । उक्त तथ्य स्मरण गराउनुको अर्थ यी  विश्वविद्यालयलाई प्रदेश अन्र्तगत राख्दा प्रभावकारी नहुने तर्फ संकेत गरिएको बुझ्न सकिन्छ । ऐन निर्माण गर्नु अघि विश्वविद्यालयय स्थापनामा भूमिका निर्वाह गर्ने राजनीतिक दलका नेताहरु र अन्य सरोकारवालाहरुसँग समेत छलफल नगरेकोमा संघको आपत्ति छ । 

प्रतिक्रिया