Edukhabar
बुधबार, १२ मंसिर २०८१
खबर/फिचर

विद्यालय बन्दको निर्णय फिर्ता, संघीय मन्त्रालयको पत्रको हवाला

शनिबार, २४ फागुन २०७६

धनगढी - कोरोना भाईरसको संक्रमणबाट जोगिन भन्दै धनगढी उपमहानगरपालिकाले आईतबार देखि लागू हुने गरी गरेको विद्यालय बन्दको निर्णय फिर्ता गरेको छ । शिक्षा मन्त्रालयले चैत ५ भित्र वार्षिक परीक्षा सक्न निर्देशन दिए अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरे पछि उक्त निर्णय फिर्ता गरिएको पालिकाका प्रवक्ता सन्तोष मुडभरिले जानकारी दिए ।

'संसारका विभिन्न देशमा विद्यालयहरु बन्द भएको खबर आईरहेको बेला जनमानसमा बढेको अन्यौलका कारण हामीले बन्द गर्दा नै ठिक हुने ठानेर निर्णय गरेका थियौं' उनले भने 'शिक्षा र संघीय मन्त्रालयबीचको संयोजनमा ढिलाई भएछ क्यारे हामीलाई जानकारी आउन ढिला भयो, आए पछि हामीले त्यो निर्णय फेरी पिर्ता गरेका छौं । पालिकाले जनाएको छ ।

शुक्रबार दिउँसो १५:३१ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएको उल्लेख गर्दै पालिकाले आफ्नो पूर्व निर्णय फिर्ता लिएको मुडभरिले जानकारी दिए । शनिबार बसेको शिक्षा सरोकारवालाहरुको भेलाले सबै विद्यालय यथावत रुपमा सञ्चालन गरी कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा चैत ५ भित्र सञ्चालन गर्न तय गरेपछि पालिकाले सेही अनुसार गर्न विद्यालयहरुलाई आह्वान गरेको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको प्रकोपबाट जोगिन गरिएको भनिएको उक्त निर्णयका बारेमा आलोचना भईरहेको थियो । शिक्षा मन्त्रालयले चैत ५ भित्र वार्षिक परीक्षा सक्न निर्देशन दिए अनुसार विद्यालयहरुले परीक्षा तयारी गरिरहेको बेला उपमहानगरपालिकाले भने विद्यालयको पठन पाठन रोक्ने निर्देशन दिएको थियो ।

कोरोना भाईरसको सक्रमण रोकथाम सम्बन्धमा शिक्षा मन्त्रालयले विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावकमा विभिन्न ६ बुँदे अनुरोध गरेको छ ।

पढ्नुहोस् : शिक्षा मन्त्रालयको ६ बुँदे अनुरोध

प्रतिक्रिया