काठमाडौं - आगामी चैत ६ गतेबाट शुरु हुने कथा १० को अन्तिम परीक्षा (एसइइ) यथावत रुपमा सञ्चालन हुने भन्दै शिक्षा मन्त्रालयले गलत सूचनाको भ्रममा नपर्न अनुरोध गरेको छ । चीनबाट फैलिएको कोरोना भाईरसबाट जोगिन सजगता अपनाउन भन्दै मन्त्रालयले कक्षा १ देखि ९ सम्मका बार्षिक परीक्षाहरु चैत ५ भित्रै सक्न आह्वान गरेको थियो । यो आह्वान सँगै एसइइ परीक्षाका बारेमा के हुने भन्ने अन्यौल भईरहेका बेला मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गर्दै परीक्षा एथावत रुपमा सञ्चालन हुने जनाएका हुन् ।
गलत सूचनाको भ्रममा नपर्न आह्वान गर्दै उक्त विज्ञप्तिमा मन्त्रालयले स्थितीको नियमित समीक्षा र विश्लेषण गरिरहेको उल्लेख छ ।
'आवश्यकता एवं औचित्यका आधारमा थप निर्णय भएमा यस मन्त्रालय र अन्र्तगतका निकायहरुका आधिकारित वेभसाईट मार्फते एवं सार्वजनिक सञ्चार माध्यमहरुद्वारा त्यस्तो सूचना शिघ्र सम्प्रेषण गरिने' विज्ञप्तिमा उल्लेख छ ।
'केही सञ्चार माध्यम र सामाजिक सञ्जालको' हवाला दिदैं विज्ञप्तिमा परीक्षा स्थगित भएको र विद्यालयहरु बन्द गर्ने भन्ने खालका गलत समाचारहरु प्रवाह भईरहेको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख छ ।
प्रतिक्रिया