कैलाली - धनगढी उपमहानगरपालिकाले आईतबार देखि लागू हुने गरी विद्यालय बन्दको निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको प्रकोपबाट जोगिन उक्त निर्णय गरिएको नगर प्रमुख नृप बहादुर वडले जानकारी दिए ।
शुक्रबार बसेको शिक्षा सरोकारवालाहरुको बैठकको निर्णय अनुसार अर्को सूचना नआउँदा सम्मका लागि आइतबार देखि सामुदायिक तथा निजी विद्यालयहरू बन्द गर्न निर्देशन दिएको हो ।
शिक्षा मन्त्रालयले चैत ५ भित्र वार्षिक परीक्षा सक्न निर्देशन दिए अनुसार विद्यालयहरुले परीक्षा तयारी गरिरहेको बेला उपमहानगरपालिकाले भने विद्यालयको पठन पाठन रोक्ने निर्देशन दिएको हो ।
प्रतिक्रिया