काठमाडौं - कोरोना भाईरसको सक्रमण रोकथाम सम्बन्धमा शिक्षा मन्त्रालयले विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावकमा विभिन्न ६ बुँदे अनुरोध गरेको छ । सक्रमण फैलने तरिका र त्यसबाट बच्ने बारेमा विद्यालय तथा शिक्षण संस्थाले गर्नु पर्ने कार्य, स्वास्थ्यका दृष्टिले सुरक्षित हुन अपनाउनु पर्ने बानी र व्यवहारहरु, विद्यार्थीमा ज्वरो रुघा खोकि लागेमा अपनाउनु पर्ने सावधानीलाई उल्लेख गरेर मन्त्रालयले अनुरोध सार्वजनिक गरेको हो ।
यस्तै यो बीचमा स्थिती सहज नभएसम्म अभिभावक भेला, बार्षिकोत्सव सांस्कृतिक कार्यक्रम जस्ता समारोहआयोजना नगर्ने, सामूकि पिकनिक वा शैक्षिक भ्रमण जस्ता कार्यक्रम स्थगन गर्न र शिक्षण संस्थाहरु बीच सूचनाको नेटवर्क गर्ने बारेमा मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालय द्वारा जारी अनुरोध पढ्नुहोस् :
यस अघि बिहीबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विभिन्न सरोकारवालाहरुसँग अवस्था र पूर्व तयारीका लागि गर्नु पर्ने कार्यबारे छलफल गरेका थिए ।
चीनको वुहान शहरबाट शुरु भएर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको (कोभिड–१९) बढ्दो जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालयले गत मंगलबार विद्यालयहरुमा वार्षिक उत्सव लगायतका जनभेला हुने प्रकृतीका कार्यक्रमहरु नगर्न आह्वान गरेको थियो । आवश्यक सर्तकता अपनाउन उपयुक्त भएकोले विद्यालयगत रुपमा सञ्चालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत्र ५ गते भित्र सम्पन्न गरिसक्ने व्यवस्था गर्न पनि मन्त्तालयले यस अघि नै आह्वान गरिसकेको छ ।
प्रतिक्रिया